Skip to content

म माया गर्छु भनी रित्याएर


म माया गर्छु भनी रित्याएर गयो कोही
सम्झी राख्ने कहानी रचाएर गयो कोही

अनगिन्ती चाहना उनलाई पाउने मेरो धोको
हिजो खुसी भा’को मन जलाएर गयो कोही
म माया गर्छु भनी रित्याएर गयो कोही

माया पनि धनसँग हुन्न क्या हो मनसँग
गरिब अनि गाउँले भनी लत्याएर गयो कोही
म माया गर्छु भनी रित्याएर गयो कोही

उसकै यादले झस्काउने तड्पी तड्पी बाँच्नु पर्ने
पिरै पिरको भारी बोकाएर गयो कोही
म माया गर्छु भनी रित्याएर गयो कोही

घर न घाटको भए नि ठाडो शिर झुके नि
जिउनु न मर्नु पारेर गयो कोही
म माया गर्छु भनी रित्याएर गयो कोही

झुटो माया गरी यो बादललाई रुवाई
रमाई रमाई पराईको घुम्टो ओडेर गयो कोही
म माया गर्छु भनी रित्याएर गयो कोही

बादल आचार्य
कपुरकोट सल्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *