Skip to content

ग्रहदशा चलेपछी यस्तै हो

थाहापायौ चाडै माया फुट्दा कस्तो हुन्छ
फुटीसक्यो मुटु अझ टुट्दा कस्तो हुन्छ

बिरुद्धमा तिमीभन्दा समय बलवान भइदिदा
भोग्नु पर्यो आफ़ैलेनि छुट्दा कस्तो हुन्छ

आफ्ना सबै एकातिर आफु एकातिर हुदा
बिपक्क्षमा आफ्ना जति जुट्दा कस्तो हुन्छ

हिजोसम्म सुम्सुम्याउदै ओरिपरी हिड्नेहरु
सर्बस्व त्यो तिनेरलेनै लुट्दा कस्तो हुन्छ

हुनेबेला आफ्नै घर पर पर भइ दिन्छ
घरकालेनै घरभित्रै कुट्दा कस्तो हुन्छ

धेरै माया चोखो माया जुनी जुनी भन्नेहरु
बदलिएर मायालाईनै चुट्दा कस्तो हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *