रेट्दा रेट्दै सारङ्गिको तारै चुटि गयो
गोरेटोमा हिड्दा हिड्दै यात्रै टुटि गयो
जती भुल्न खोजे पनि याद अल्झिदिन्छ
निष्ठुरिकै सम्झनाले घाऊ बल्झिदिन्छ
मनमा माया हुँदा हुँदै साथै छुटि गयो
गोरेटोमा हिड्दा हिड्दै यात्रै टुटि गयो
सोचे जस्तो जिन्दगीको कथा लेखिएन
दुख्छ छाती भित्र भित्रै ब्यथा देखिएन
निर्मोहिले हाँसो खुसी सबै लुटि गयो
गोरेटोमा हिड्दा हिड्दै यात्रै टुटि गयो
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर