Skip to content

कविता शृंखला (दुख : ०९)


दुःख दुख्छ
दुःखले दुखाउँछ
दुःख दुखजिलोसित टर्छ ।
सुख के हुन्छ ?

सुखले के गराउँछ ?
सुख कसरी टर्छ ?
यी अनुत्तरित प्रश्नहरू
यसका सार्थक उत्तरहरू छैनन्
यसका सरल सरिक जवाफहरू छैनन्
दुःख दुख्छ जस्तो
सुख सुख्छभन्दा मिल्दै मिल्दैन

दुःखले दुखाउँछ जस्तो
सुखले सुखाउँछभन्दा
झन व्याकरणै मिल्दैन
दुःखलाई दुःखजिलो परे जस्तो
सुखलाई सुखजीलो पार्दा
वर्णविन्यास मिल्दै मिल्दैन
यसरी सुखको व्याकरणभन्दा
दुःखको व्याकरण
एक कदम माथि छ
एक खुडकिलो माथि छ
समग्रमा सुखभन्दा दुःख
उत्कृष्ट र ओजपूर्ण
खतरा एव म खोजपूर्ण देख्छु
तपाईँ पनि त्यस्तै देख्नुहुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *