Skip to content
IndraManiNepal


बस्दा पाउन काखमा जननीको त्यो सुख हो कि कतै
मिल्दा खान मिठो मिठो हर घडि त्यो सुख हो कि कतै
आफ्ना भन्नु हुँदा सधैं वरिपरी कि सुख हुन्छन् त्यहाँ
या आफ्नै घर गाउँ साथ रहँदा खै सुख मिल्ने कहाँ ।।

पर्दा काम नगर्नु जिवन कतै त्यो सुख भन्छन् कति
गर्दा काम परिश्रम पनि कति खै दुख ? भन्छन् कति
आफु मालिक भै लिई श्रम अरु छन् कोहि खुशि हुने
बाँडेर पसिना सधैं अरुसँगै भेटिन्छ सुखि पनि ।।

मिल्दा सुख शरीरलाई पनि खै हुन्छन् कि कोहि सुखि
मिल्दा चढ्न सवारी दुख नगरी बन्छन् कि कोहि सुखि
पाउँदा धन सम्पति बहुत नै ति सुख छैनन् त्यहाँ
सारा भौतिक सुख विश्वभरिका को भन्छ मिल्छन् कहाँ ?

ईच्छा मन् भरीका पुगोस् तर पनि बन्दैन कोहि सुखि
सन्तुष्टि जब मिल्छ तृप्त हुन गै बन्दैन माटो खुशि
आफु मात्र खुशि नभैकन सबै संसार खुशि रहे
खुशि मिल्छ जहाँ जहाँ सुख त्यहाँ बस्नेछ मिल्दै गए ।।

आत्मा सुखि रहन्छ मानिसहरु जैले रहन्छन् खुशि
सन्तुष्टि रहनु सदा खुशि हुने यै मात्र यौटा कसी
शान्ति प्रप्ति भए दुखै बीच पनि सन्तुष्टि मिल्छन् सधैं
सन्तुष्टि अनि शान्तिको निकटमा सुखि रहन्छन् सबै ।।

इन्द्रमणी नेपाल
भोटसिपा ९, सिन्धुपाल्चोक
हाल दोहा, कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *