कसैद्वारा चुनिनुको मजा बेग्लै हुन्छ
फूल बनी उनिनुको मजा बेग्लै हुन्छ ।
सिङ्गै संसार जितेजस्तो ऐँठनमा परेजस्तो
कलाभित्रै थुनिनुको मजा बेग्लै हुन्छ ।
कहाँ हुन्छ मायाको धुन भन्दै खोज्दै जाँदा
ढुकढुकीमै सुनिनुको मजा बेग्लै हुन्छ ।
सपनाको इन्द्रेणीझैँ यौवनको रहरमा
जालसँगै बुनिनुको मजा बेग्लै हुन्छ ।
दुखै साझा भए के भो बराबरी बाँडेपछि
भागसँगै गुनिनुको मजा बेग्लै हुन्छ ।
ramro chha
ramro chha