Skip to content


जिन्दगीको गर्हौ भारी बिसाएर आयो
केही वर्ष प्रवासमा बिताएर आयो

छाती पिट्दै नरोउ आमा ब्यूँझिदैन अब
तिम्रो छोरो सधैँलाई निदाएर आयो

सोच्दो होला सरकार यो जो मरे नि के भो?
जे भए नि रेमिट्यान्स त भित्राएर आयो

पिरोल्दैन उस्लाई अब गरिबीले कहिले
अभावका झोली झ्याम्टा लुकाएर आयो

सुनका बाला दिउला भन्दै गएको त्यो स्वामी
पियारीका हातका चुरा फुटाएर आयो

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
हाल-साउदी अरब

Leave a Reply

Your email address will not be published. Required fields are marked *