पाउनु र गुमाउनुको मज्जा बेग्लै रैछ
आँखा बन्द गरी हेर्नुको मज्जा बेग्लै रैछ
आँसु बन्यो शब्द, अनि शब्द बन्यो गज़ल
गजलमै तिमी हुनुको मज्जा बेग्लै रैछ
बोली तिम्रो मधुर सम्झी रुदै पागल हुन्छु
घाँटी बस्ने गरी रुनुको मज्जा बेग्लै रैछ
हरेकपल तिम्रो याद आउछ अचेल भरि
याद आइ तड्पिनुको मज्जा बेग्लै रैछ
साथ दिने हरेक बाचा तिमीसगै हराएसी
एक्लो जीवनको यात्रा गर्नुको मज्जा बेग्लै रैछ
पाउनु र गुमाउनुको मज्जा बेग्लै रैछ
आँखा बन्द गरी हेर्नुको मज्जा बेग्लै रैछ
www.facebook.com/ismaran37.bishnu
© स्मरण लम्साल (बिष्णु)
जुटपानी-३ चितवन नेपाल