आउछु घरै बिदेश छोडी बसाउला नेपालैमा
खाउला बरु ढिढोकै रोटी बसाउला नेपालैमा
हातमा कोदाली काँधमा हलो र जुवा राखी
आफ्नै सुरको टुट्को जोति बसाउला नेपालैमा
जोडी ढुकुर जस्तै गरी साथ् कहिल्यै नछुटी
बुढा-बुढी तरकारी रोपी बसाउला नेपालैमा
काले माले सररर है लाउला फकाई मेलोमा
गैरी खेतमा फलाई मोती बसाउला नेपालैमा
खोज्दिन मिठो खाउला बरु भ्याकुर गिठो
होसानी तिम्रै दुःख छोपी बसाउला नेपालैमा
बिरही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल साउदी