पृथ्वी मैमाथि
हिडिरहेको होस्
मै माथि सपनाहरू देखिरहेको होस् ।
म चुपचाप
पृथ्वीको शान्त मुद्रामा
फैलन सकौं
र मेरो फैलावटमा इर्ष्या, घृणा, अहं म सबै हटेर
पृथ्वीको लागि उन्मुक्ति मात्र होस् ।
पृथ्वीले
म माथिको स्वतन्त्रतामा आफ्नो दम्भ नमानोस्
पृथ्वीले सबै जीव जन्तु र बोट बिरुवाको लागि
समान भावना मात्र राख्न सकोस् ।
ताकी मैले
अब सुधार्न सकौ, आफैलाई आफैबाट
पृथ्वीको भिन्न रूपबाट मैले
आफूलाई सन्त प्राणीमा बदल्न सकौ ।
पृथ्वी मै माथि हिडिरहेको होस्
मैमाथि सपना देखिरहेको होस् ।
अस्तु :
@विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल : अबुधाबी, यू ए ई ।