आज भन्दै भोलि भन्दै बैंश ढल्कि जान्छ
बैंश सँगै ऐना माथि रुप टल्कि जान्छ
जवानीको जोशहरु सँधै बेहोसीमा
थाहै हुन्न कति खेर कता पल्कि जान्छ
जतिसुकै समुद्रमा छाल उठे पनि
किनारमा ठोकिएर उतै छल्कि जान्छ
सुख दु:ख जिन्दगीको पलहरु सबै
सम्झनामा घरि घरि आई झल्कि जान्छ
मरिजाने छोटो चोला सम्झिएर लाँदा
मनभरि वेदनाको आगो सल्कि जान्छ
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर