Skip to content


छुट्टीका रमाइला पलहरू गुज्रिरहेका छन । घण्टा जस्तरी दिन बित्दैछ हप्ता जस्तरी महिना । आज रौसे साथीहरूसँग बालाजु नजिकैको ‘मादल दोहोरी साँझ’मा छु । म पूर्वेली भए पनि पश्चिमतिर गाइने रोईला मलाई अौधी मन पर्छ ।

“आफू भने कालो न कालो न त मान्छे गोरो
को भन्या त आफ्नै गाउको खुईले बाको छोरो
तिम्लाई के को पिरलो
म काली भए नि तिम्लाई केको पिरलो
तिमी ढाडे बिरालो…..”

“मैले दिन्थे दुई तीन रुप्याँ पिपल गेडि किन्थी
नाकैभरि सिगान हुन्थ्यो नाङ्गै बुङ्गै हिन्थी
कैल्यै सरिर छेकिन
सधैँ नाङ्गै हिन्थी
कट्टु लाको देखिन कैल्यै सरिर छेकिन”……

गीत घन्किरहेको छ सबै आ-आफ्ना तालमा छन बिराले हिडाईमा केही अप्सराहरू ग्राहकलाई पेय सर्भ गरिरहेका छन । कोही अघिनै होस चेत गुमाइसकेका छन । मैले रेडबुल पिएको देख्नेहरू उपहासको फिस्स हाँसोले मलाई मुर्मुर्याएर जान्छन । कसै कसैले त भन्नै पनि बाकी राखेनन् “बाघ को बथानमा साकाहारी डमरु ”

म बोलेको छैन कसैसँग मेरो साथी गणेश काठमान्डौको रैथाने हो घरि घरि मलाई “पिउ दाइ आज जे पर्छ पर्छ ” भन्दै चिढाउदैछ । त्यो दोहोरी सकियो फेरि पश्चिमा गीतमा नृत्य गर्ने उद्घोस भयो सबै दर्शक “ग्राहाक” कराउन थाले ‘सरु’.. ‘सरु’ ….’सरु’ …..’सरु’ …’सरु’ ‘सरु’

मेरो पनि ध्यान तेतै केन्द्रित भयो । ‘को हो सरु ‘

गणेश भन्दै थियो हेरेको हेर्यै हुनुहुन्छ दाइ आउन त दिनु

Can’t remember To Forget You … साकिराको गीत बज्यो हल नै हल्लिने गरेर । “‘सरु’ ” आइन साकिरा को पहिरनमा डिस्को लाईटले अनुहार प्रस्ट देखिदैन कसैको । दर्शक मर्लान भन्ने जग्जगी भयो । यति उत्तेजित भीड धनकुटा महोत्सबमा राजेश पायल राईले ‘ दर्सन नमस्ते ‘ गाउदा देखेको थिएँ । त्यस पछाडि आजै हो ।

गीत सकियो मानिश कति स्त्रीलम्पट हुन्छ भन्ने कुरा को उदाहारण ९० %ले म जस्तै त्यो गीत बुझेनन होला रै पनि ”वान्स मोर”ले फेरि कोलाहल मच्चियो हलमा ।

यसपाली डिस्को लाईट बन्द गरियो बिजुली को चहकिलो रोसनीमा साकिरा उर्फ सरस्वती जग्मगाइन ।

मलाई अहिले नशा लागेको महशुस भै रहेको छ । हैन यी त कुनै शाकिरा या सरु नभएर ‘सरस्वती’ पो रहिछन त वा …. ।

म अतितमा फर्किएँ- गाउबाट यस यल सिसकेर धनकुटा झरेकी सरस्वतीलाई हेर्नेहरू ‘पाखे’ या त ‘झिँगे’ (हेपेर, उपहाश गरेर बोलिने गाली शब्द ) । उपनाम दिन्थे । तीन को सरिरमा कुनै कपडा म्याच गर्दैनथ्यो कलेज ड्रेस पनि दौरा र पेन्ट लगाए जस्तो देखिन्थ्यो ।

इन्टर मिडिएट सक्याएर उनी काठमान्डौ हानिएकी थिइन । यति धेरै नै पङ्चुअल होलिन भन्ने मैले सोचेको थिइन ।

गणेशले मलाई घच्घच्यायो

‘ कस्तो लाग्यो त’ हुनुभयो नि हेरेको हेर्यै ??’

म बोलिन ।

खास खुस गरेको सुनिदैथ्यो ‘यिनले त पचास हजार लिन्छिन रे ‘

कोठा फर्किए पछि निकै बेर मलाई निद्रा परेन उनको बदलाबले छलाङ मारेको सँझिएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *