Skip to content

विप्लव ढकालको “च्याउको जंगल” (कविता सङ्ग्रह) सार्वजनिक


कवि विप्लव ढकालका प्रतिनीधि कविताहरूको सङ्ग्रह च्याउको जंगल कविता कृति २०७१ वैशाख १ गते सोमबार शिल्पी थिएटर बत्तीसपुतलीमा सार्वजनिक गरियो ।

थिएटरमा कलाकारहरूले च्याउको जंगल माथि अभिनय गरेर देखाएका थिए ।

सभा कक्षमा कविता प्रेमीको भीडले टेक्ने ठाउँ समेत देखिदैनथ्यो । कुर्सी नपुगेर भुइमै बस्नेहरू धेरै थिए ।

कार्यक्रममा प्रमुख अतिथि कवि तुलसी दिवसले विप्लवको कविता बेजोडका छन् उनलाई अब कवि भनिरहनु नपर्ने बताए ।

कवि विप्लवकै जन्मदिन वैशाख १ गते परेकोले उनलाई एकै वक्तिबाट जन्मदिनको कृति जन्मिएको र नयाँ वर्षको शुभकामनाहरू आएकोले पनि हार्दिकता र अभिवादन फर्काउन उनी अत्यन्तै व्यस्त भए कार्यक्रमको संचालन मुकुन्द शर्माले अत्यन्तै मीठो ढंगले गरेका थिए ।

प्रस्तुतिः अरुणबहादुर खत्री “नदी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *