• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

गायनमा स्वरको खोजी

editor — Sat, 04/19/2014 - 13:24

  • संगीत/कला समीक्षा
  • प्रकाश सायमी
  • अन्नपूर्ण पोष्‍ट

'म गाउँछु केवल जनताका लागि गाउँछु। जनताले मन पराउन्जेल म गाइरहन्छु।'

सन् १९९० को हाराहारीमा गायक एवं संगीतकार नारायणगोपालले १२ सयजना दर्शक अट्ने प्रेक्षागृहमा भनेको यो कुरा आज बाइस वर्षपछि पनि त्यत्तिकै श्वेत र शाश्वत छ जति हिउँको चिसो वा घामको उज्यालो। नारायणगोपालले आफ्ना जनता भनेर कुन पार्टी, कुन वर्ग वा कुन जात भनेर उनले कहिल्यै छुटाएनन्। उनले गाए, ती सबैका लागि जो नेपाली भाषामा गाइएको नेपाली बोलीको गीत वा गायन सुन्न चाहन्थे।

नारायणगोपालको स्वरमा महाकवि देवकोटादेखि नोरदेन रुम्बासम्म त्यत्तिकै सहज र सरल रूपले, त्यत्तिकै सुमधुर र सुललित शैलीले गुञ्जिए र उनी जनजनका हृदयमा एकनाश बजिरहे। त्यो सौभाग्य धेरै कम नेपालीलाई मिल्यो। उनका समकालीन प्रेमध्वज प्रधान, बच्चुकैलाश, माणिकरत्न, अम्बर गुरुङ, तारादेवी, दिलमाया खाती, अरुणा लामाका गीत पनि नगुन्जिने होइनन् तर नारायणगोपालका गीत त उनकै गति र शैलीमा गाएर स्थापित भएका कलाकारले पनि अझै गाउन छोडेका छैनन्।

नारायणगोपालीय शैलीय गीत गाएर अग्रता पाएका गायकमा किरण प्रधान, ओम गुरुङ, रामकृष्ण ढकाल, उदय सोताङ, शैलेश सिंह, देवकुमार प्रधान, मनोज सेवा, सुरज थापा कायमै छन् भने आफ्ना सयौं गीत रेकर्ड भइसक्दा पनि गायक रामकृष्ण ढकालले त अझै नारायणगोपालकै गीत गाइरहेको इतिहास छ, उनले हालैका दिन (गत फागुन ५ गते) पनि सिभिल मलमा स्वरसम्राट् नारायणगोपालमा 'ट्रिब्युट' भनेर व्यापारिक प्रयोजनका निम्ति गाए। यो जीवन्तताको सादर पक्ष हो।

नारायणगोपालले गाएका गीत साहित्यिक हुन्छन्, शब्दमा उच्चाकर्षण हुन्छ, प्रेम र वियोगका भाव हुन्छन्जस्ता अनेकानेक लेप लागे पनि नारायणगोपालका गीत कालजयी हुनुमा उनको गायकीमा समकालीकता स्वाद अपार हुन्छ। उनले सदैव समय, जीवन र त्यसको सामयिकतालाई महत्त्वका साथ गाएका छन्। उनको गायन र संगीतमा समकालीन समय स्थिर हुन्छ।

चालीसौं नाटक र दसवटा उपन्यास लेखिसकेका जर्मनेली चिन्तक हरमन बाहर्ले सयौं वर्षअघि भनेका रहेछन्, अब हाम्रो जिम्मेदारी भनेको समकालीन हुनु हो। हरमन बाहर्ले भनेको यो कुरा विश्वका धेरै गायकगायिकाले बीसौं शताब्दीमा अवलम्बन गरेको पाइन्छ, ती चाहे बेलायतका जोन लेनन हुन वा अमेरिकाका बब डायलन, क्यानडाका लियोनार्डो कोहेन हुन् वा ब्रायन आदम्स। तिनले गाएका गीतलाई तिनको समयका तन्नेरीलाई जति युवापन लाग्थ्यो, त्यति नै तिनको गीतसितै जन्मेका बालकलाई पनि युवा लाग्नु स्वाभाविकै हो।

यस वर्ष अमेरिकाको बेभेर्ली हिलटप होटलमा प्राणान्त भएकी अमेरिकी अश्वेत गायिका ह्विट्नी ह्युस्टनको एन्ड आई अलवेज लभ यु उनीभन्दा बीस वर्षपछि जन्मेकी गायिका जेनिफर हड्सनले गाउँदा गायिका ह्युस्टनसितै हलभरिका दर्शक एकसाथ उठेका थिए अनि ताली र आँसुले बर्सेका थिए... श्रद्धेय गायिकामाथि। यो एउटा गीतको समकालिकतामाथिको सफल संकेत हो।

नारायणगोपाल, ह्विट्नी ह्युस्टन वा बिटल्सका जोन लेननले गाएका कुनै पनि गीतका शब्दमा अर्थ वा प्रसंग केलाएर हेर्ने हो भने त्यो आजकै कुरा हुन जान्छ... साउनको झरी बनी तिमी आऊ न होस् वा इम्याजिन देअर इज नो हेभेन। ब्लोइंग इन द विन्ड होस् वा केही मीठो बात गरौं। तिनमा मानवमनको कुरा गरेकै छन् तर झरनामा बसेर कल्पनाको गीत गाउने भावुकताले हाम्रा गीत मारिएका छन्।

धर्मराज थापाले गाएको नेपालीले माया मा:यो बरिलै वा अम्बर गुरुङले गाएको नौ लाख तारा उदायो आज पनि नेपाल र नेपाली, ती जो जहाँ भए पनि तिनकै लागि गाइएको भान हुन्छ तर आज वा अहिलेको समयमा गाइएका कैयन् गीत न हिजोका थिए न भोलिका भएका छन्। गिने चुनेर केही गायकगायिकाले नयाँ र नौलो स्वादका गीत गाए पनि प्राय:ले पाँच कारणले गाइरहेको पाइन्छ,

पहिलो : चर्चामा आउन वा सफलता हासिल गर्न केही चलनचल्तीका शब्दमा गाउने। कम समयमा छिटो ख्याति कमाएर पत्रपत्रिकाको आवरणमा छाउने र काँचको पर्दामा सजिनुमात्र भएको छ।

दोस्रो : आफ्नै दु:खलाई कारण वा माध्यम बनाएर मन सन्तोकको लागि गाउनु जसलाई सौखिया गायनभन्दा फरक रूमा लिन सकिँदैन, त्यसलाई पनि संगीत बजारले गम्भीरतापूर्वक लिइदिएर अर्को संकट देखा परेको छ।

तेस्रो : सामान्य भए पनि यो कारण अलि जटिल हुन पुगेको छ। केही संगीत अध्ययन गरेका र बुझेकाले अग्रजकै सिको गरेर उनकै गम्भीर शैलीका गीत गाउने र भरसक्य त्यही बोझिलो गीतलाई समयको ठीक विपरीत रूपमा लाद्ने क्रम चलेको छ भने अर्कोतिर संगीतको ज्ञानसम्म नभएका गायक गायिकाले असही तरिकाले पहिलेका चलेका गीतलाई बांगोटिंगो रूपान्तरण गरी कभर भर्सन वा रिमिक्स गाउने चलन प्रशस्त छ जसमा अरुण थापा, दीपक खरेल, नारायणगोपाल, तारादेवीका गीत अचानोमा परेका छन्।

चौथो : नेपाली भाषा, संस्कृति र साहित्य केही होइन सबथोक पश्चिमा जगत्कै सही हो भन्ने धारणाका साथ कानमा टप र आँखामा इयरिङ लगाएर नेपांग्रेजी शैलीमा अधुनातन शैलीमा गीत गाउने अनुकरणीय परम्पराले नेपाली सुगम संगीत अपार संकटमा परेको छ, यस्तो गीतले न हाम्रो भाव र भाषाको सम्बद्र्धन गर्छ न प्रतिस्पर्धामा हाम्रो गीत तिनको गणित र व्याकरणको अंक र अर्थको नजिक नै पुग्न सक्छ।

पाँचौं : नेपाली सुगम संगीतको बजारलाई पक्षाघात गर्ने अहिलेको प्रमुख पक्ष हो, समकालीन संगीतको स्वाद नबुझेका निजी टेलिभिजनका च्यानलहरू । जसले पच्चीस हजार लिएर आओ म्युजिक भिडियो बनाओ भनेर सुरु गरेको प्रोजेक्टबाट आज पाँच लाख लिएर आउनोस् भन्न थालिसके। आज एउटा म्युजिक भिडिओ बनाउने रकमले दुईवटा एल्बम रेकर्ड हुनसक्ने यथातथ्य स्पष्ट भइसकेको छ र तिनकै बलबुतामा टीभी च्यानलमा छाउने लोभले कैयन् कलाकारहरूले गीत गाइरहेको पाइन्छ।

उपर्युक्त कारण एक प्रसव वेदना भईकन पनि यस संकटबाट पार लागेर टिकेका केही कलाकार अझै पनि संगीत पेसामै छन् तर तीमध्ये अधिकांश विदेशमा गएर गानाबजाना र त्यसैबाट खाना खजाना जुटाउन व्यस्त छन् भने कतिले सिंगापुर, मलेसिया, जापान, अमेरिका, अस्ट्रेलिया र क्यानडामा बसेर गाइरहे पनि आफ्नो बजार बनाउन सकेका छैनन्। ती केहीले आफ्नो स्वरलाई हिन्दी, पन्जाबी र उर्दु भाषाका गीत गाएर बेचिरहेका छन्, विदेशकै बजारमा।

नेपाली कलाकारले जहाँ गएर गाए पनि उनका दर्शक वा श्रोता नेपाली नै रहेको पाइन्छ। र, नेपालीले नै उनको गीत सुन्ने र बुझ्ने आमभनाइ छ। उनले नेपालीमा गाएको गीत कुनै विदेशीले सुन्ने र फर्मायस गर्ने गरेको इतिहास अद्यापि सुरु भएको पाइँदैन। किनकि दीप श्रेष्ठ, नारायणगोपाल, बच्चुकैलाश, दीपक खरेलका गीत सुनेर हुर्केका नेपाली संगीतका अनुभावकले नेपाली भाव र भव्यतालाई प्रेमपूर्वक मनन गरेको त पाइन्छ तर पाकिस्तानी गायक नुसरत फतेह अली खान, मेहन्दी हसन, गुलाम अली वा भारतीय कलाकारले जस्तो विदेशी दर्शकलाई आफ्नो पहिचान दिन नेपाली कलाकारले सकेका छैनन्।

आफ्नै गीत र आफ्नै स्वरमा उभिने मौका पाउनेमध्ये दीप श्रेष्ठ पर्छन्, उनले हालैका दिनमा अस्ट्रेलियाको मेलबर्न, ब्रिस्बर्न र सिड्नीमा आफ्नै गीत गाएर साप्ताहिक कार्यक्रम गरे। उनले तीसको दशकको आफ्नो गीत बितेका कुराले केही चोट लाग्दादेखि भन्थी मेरी उनी मेरो पाइला नछेकिदिनुजस्ता गीत गाएर आफ्नो सो धानेका छन् भने उनीपछि आएका गायकगायिका आनी छोइङ डोल्मा, न्ह्यु वज्राचार्य, उदय, मनिला, कर्णदास, नेपथ्यका अमृत गुरुङ, एम बराल, सपनाश्री, राजेशपायल राई, प्रशान्त तामाङ, अञ्जु पन्तले कतिपय आफ्ना र कतिपय अग्रजका गीत गाएर धर्म निर्वाह गर्नु परेको कुपित कथा छ।

तर गीत नबुझिने, भाषाले पर हुने वा समयको मागअनुसार फरक हुने कदापि होइन। नभए नेपालमा गजल परम्परा भित्र्याउने पाकिस्तानका ख्यातिप्राप्त गजल गायक मेहन्दी हसनको एकल साँझ काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा कसरी तीन हप्तासम्म सफलतापूर्वक सम्पन्न हुन सक्थ्यो त? कसरी गुलाम अली, अनुप जलोटा यहाँ घरिघरि हिन्दी उर्दुका गजल गीत नज्म प्रस्तुत गर्न आउन सक्थे त?

एउटा शुभजन्मोत्सव गोल्ड कप गर्दा भरिन हम्मेहम्मे पर्ने दशरथ रंगशाला कसरी क्यानेडेली गायक ब्रायन आदम्स्ले अंग्रेजी गीत गाएर भर्न सक्थे त? कसरी जापानी सांगीतिक समूहले दशरथ रंगशालाको स्टेडियमलाई तीसको दशकमै उचाल्ने गरी नै भर्न सक्थे त?

त्यो सम्भव छ तर हाम्रा गायकगायिकामा वा हाम्रो संगीत संरचनामा समकालिकताको भाव र स्वभाव हुन जरुरी छ। पुरस्कार र वाहवाहीका लागि, पार्टी र झन्डाका लागि मात्र नभई उसको स्वर स्वरसम्राट् नारायणगोपालले भनेझैं जनजनको हृदयका लागि नै हुन जरुरी छ। तर, आजभोलि एउटा गीत गाउनु भनेको एउटा एल्बम निकाल्नु अनि एउटा चलेको टेलिभिजनका भीजेलाई लिएर म्युजिक भिडिओ बनाउनु र एक वर्षको कन्ट्र्याक्टमा मञ्चस्थ हुनुमात्र भएको छ, यसपछि त्यो गायक वा गायिकाको नामोनिसान हुँदैन।

त्यो संगीत मन, वचन र कर्मले अनि हृदयले धुनबद्ध हुनुपर्छ, सले नेपालीपनको पहिचान दिन र समकालिकताको आभास दन सक्नेछ। कवि डायलन थोमसले भनेझैं एउटा सुन्दर बिहानीको कल्पना गर्ने बेला अब भइसकेको छ। गीत अब भिडिओ प्रोजेक्ट नभएर साँचो अर्थमा म्युजिक प्रोजेक्ट हुन जरुरी छ।

अन्नपूर्ण पोष्‍ट
२०७० चैत १५, शनिबार

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 249
  • 981 reads
Tweet facebook

i agree with prakash sayami.

gorkhe — Sun, 04/20/2014 - 14:20

i agree with prakash sayami. nice article!

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    25 min 2 sec ago
  • भुगोल ले नछेकेको माया
    4 days 20 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    4 days 22 hours ago
  • सधा झै उत्कृष्ट रचना
    5 days 15 hours ago
  • Correction
    1 week 4 days ago
  • स्तब्ध बनाउने हरफ हरु
    1 week 5 days ago
  • धन्यवाद सर, केही समयमा पुन
    1 week 5 days ago
  • कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
    2 weeks 1 day ago
  • DHANYABAD SABAILAI
    2 weeks 2 days ago
  • thanks very much kumar sir
    2 weeks 2 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • दुब्ले बाइ (कथा)
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • तर्सिएको मान्छे
  • सम्हालेर राख, सँगालेर राख
  • जीवनरथ
  • जीवन
  • आठौं पुस्ता
  • गुरु भर्सेस गोरु : अ महाडेन्जर कम्प्यारिजन
  • खोलेर ताला दैलामा पाला
  • शिक्षामन्त्रीको शिक्षासम्बन्धी प्रतिबद्धता–पत्र र वास्तविकता
  • पृथ्वीका नारायण
  • अग्लाइको चुचुरोमा
  • मेरो गाउँ
  • पुनरावृत्ति
  • बालश्रम
  • गजल "तिम्रै लागि"
  • वात्सल्य प्रेम
  • सफलताको बाटो
  • यो कथा हो तृष्णा मेरो
  • भाषिक नीति आदिवासी जनजातिको जिम्मेवारी
  • मेरी बहिनी
  • कोरोना आयो त के भयो ?
  • चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ, जीवन - अश्विनी कोइराला, आख्यानकार
  • पाठ्यक्रममा साहित्यिक कृति
  • मोहिनी रुप
  • त्यो बर्बर हत्या !
  • मेरो दारी र एक नारीको कथा
  • चिठी (लघुकथा)
  • नयाँ बर्षको शुभकामना
  • नेपाल झुक्दैन र ?
  • हाइकुको संक्षिप्त परिचय ...
  • जन्मेदेखि आजसम्म
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित