Skip to content


धार्मिक : हिन्दू नारीका लागि तीजको ठूलो महिमा छ । धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुस“ग गरििदने बचन दिएका थिए । उक्त कुरा पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगलमा गएर शिवजीको पूजा गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्षपूरा भयो तैपनि विजयको लक्षण देखापरेन । एकदिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन् । पार्वतीको कठोर व्रतको प्रभावले शिवजी प्रकट भै चिताएको कुरा पुगोस् भनी आशर्ीवाद दिनुभयो । त्यसपछि शिव-पार्वतीको विवाह भयो । उक्त दिन भाद्र शुक्ल तृतीया थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यसलाई उत्सवका रूपमा मनाउन थाले । तीज मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको हो । तीजमा श्रीमतीले श्रीमान्का लागि मात्र होइन यदि श्रीमती अशक्त, रोगी वा गर्भवती छिन् भने श्रीमान्ले श्रीमतीको सहयोगमा तीजको व्रत बसिदिने चलन प्राचीन सभ्यतास“गै आएको छ । कतिपय स्थान तथा व्यक्तिमा यो परम्परा अझ कायमै छ । तीजलाई समयानुसार परमिार्जन गर्नर्ुपर्छ भन्ने सोचाइले यो सांस्कृतिक पर्वको महत्त्व घट्न सक्छ तर परविर्तनको दायरालाई पनि बुझ्नुपर्ने हुन्छ । धार्मिक, ऐतिहासिक महत्त्वलाई नारी अधिकारस“ग जोडेर हर्ेन मिल्दैन ।सांस्कृतिक : संस्कृति जोगाउने चलन जसरी चलेको छ त्यसरी नै चल्दै जानर्ुपर्छ । तीज व्यक्तिको रुचि अनुकूल हु“दै गएको छ । मानिसले आफू अनुकूलको सहजता खोज्ने भएकाले यसको स्वरूप परविर्तन हु“दै आएको छ । अघिको पुस्ता निःस्वार्थ भावनाले श्रीमान्का लागि व्रत बस्थ्यो भने अहिलेको तीज आधुनिक र्ढरामा मनाइने भएकाले यो पर्व श्रीमान्को टाउको दुःखाइको विषय बन्दै गएको छ । संस्कृतिलाई यथावत् राखेर गरएिका परविर्तन भने उपलब्धिमूलक नै ठहरन्िछन् । तीजको व्रतमा विश्वास नगर्ने व्यक्तिहरू पनि छन् । उनीहरूलाई म के भन्न चाहन्छु भने कर्म आफूले गर्दै जानर्ुपर्छ फल प्राप्त आफै हुन्छ । परापर्ूवकालमा गरनिे व्रतको अहिले तुलना गर्नै सकि“दैन । त्यसका कतिपय नियम तथा विधिहरू पुर्‍याउनै गाह्रो पर्छ । जति नै कट्टर भएर व्रत बसे पनि कुनै न कुनै विधि छुटिरहेको हुन्छ । पार्वतीले त सय वर्षतपस्या गर्नुपरेको थियो भने हाम्रो अहिलेको पर्ूण्ा आयु भनेको त्यसभन्दा कम हुन्छ तर्सथ यसलाई व्यवहारकि दृष्टिकोणले संस्कारको सिको र सुरक्षा गर्नुपर्ने देखिन्छ । तीजको व्रत विज्ञानले शरीरका लागि राम्रो भनेको व्रतभन्दा फरक छ । पानी नपिई बसिने व्रत भनेको तीजको मात्रै हो । ज्योतिष शास्त्रले व्रत बस्नु कसैको आयु बढाउन भएको मान्दैन । बरु यसले प्रकृतिको नियम र लेखान्तमा विश्वास गर्छ । यद्यपि अविवाहिताले राम्रो श्रीमान्को कामना गर्ने र विवाहिताले श्रीमान्को भलो होस् भनेर व्रत बस्ने भएकाले यसलाई श्रीमान्मै केन्द्रित संस्कृति मान्न सकिन्छ ।सामाजिक चलन तथा परम्पराको कुरा गर्दा पहिले मनाइने तीज अहिले नमनाइए पनि यसको महत्व बढ्दै गएको छ

। तीजको स्वरूप परविर्तन भए पनि यसको चर्चा तथा लोकप्रियतामा कमी आएको छैन । साउन लाग्नेबित्तिकै राता, हरयिा, पहेंला चुरा-पोतेको लहर बाक्लो देख्न पाइन्छ । पा“च वर्षघिसम्म यो लहर चलेको थिएन । आधुनिक युवतीहरू पनि निराहार व्रत बसिरहेका देखिन्छन् । यो चलन फेसनकै रूपमा चले पनि यसले निरन्तरता पाइरहनु ठूलो कुरा हो । यो समाजले चलाएको परम्परा हो । खाने, लगाउने, माइत जाने, धक फुकाएर नाच्ने, गाउने र मनभित्र गुम्सिएका वेदना स्वतन्त्र रूपमा पोख्ने अवसर पनि यो पर्वले हामीलाई दिएको छ । हर्षोल्लासमय वातावरणमा यसरी दिल फुकाएर गरएिको रमाइलोले ऊर्जा थप्छ नै त्यो भन्दा पनि ठूलो कुरा व्यक्तिमा भएको क्षमता प्रस्फुटन भएर समाजमा नया” सिर्जनाको थालनी हुन्छ । पहिलो दिन : तीजमा तीन दिनलाई ठूलो महत्त्व दिइन्छ । ती तीन दिनमध्ये पहिलो दिन दर खाने दिन हो । दर खाने दिन भाद्र शुक्ल द्वितीयामा पर्छ । दर मुख्यतया खीर वा दूधबाट बनेको परकिार हो । हि“जोआज यो पर्व पार्टर्ीीर्ने दिनमा परविर्तन भएको छ । दूधबाट बनेका खानेकुराबाहेक अहिले माछा-मासु पनि दरमा सामेल गर्न थालिएको छ । वास्तवमा दर भनेको रातको १२ बजेअघि खानर्ुपर्छ । कतिपयले सूर्योदयअघिसम्म पनि खाने गरेको पाइन्छ । भोलिपल्ट भोकै भइन्छ भनेर अघिल्लो दिन खाने परकिारलाई दर भनिन्छ । तीजका तीन दिनमध्ये यो कम महत्त्वको दिन हो । दोस्रो दिन : तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरतिालिका तीज अर्थात् नाच्ने दिन पर्छ

। यसलाई तीजको दोस्रो दिन मानिन्छ । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी स्वामी पाएकी हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइन्छ । यो दिन श्रीमान्को सु-स्वास्थ्य, दर्ीघायुका लागि विवाहिता नारी व्रत बस्छन् । इच्छानुसार वर प्राप्त हुने भएकाले अविवाहिताहरू व्रत बस्छन् । पार्वतीले पनि शिवजी स्वामी पाऊ” भनी निराहार व्रत बसेकीले यसको प्रभाव सबैमा परेको पाइन्छ । तीजको एक दिन मात्रै हो, जुन दिन पानी पनि नपिई व्रत बसिन्छ ।तेस्रो दिन : तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमी । शास्त्रअनुसार यो दिनमा वर्षर िझुक्किएर गरएिका पापबाट शुद्ध हुनका लागि नारीहरूले विभिन्न कार्य गर्छन्

। १२ महिनासम्मको रजस्वलामा अञ्जानवश कति कुरा छोइएको हुनसक्छ । उक्त पापबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीका दिन ३ सय ६५ वटा दतिवन टोकी, माटो तथा गाईको गोबर लगाएर ३ सय ६५ पटक नुहाइन्छ । यसका थुप्रै विधि छन् । ३ सय ६५ वटा दतिवनका डा“ठ टोकेर खोलामा बगाउनु, माटो र गाईको गोबरले शरीरका सबै अंगहरू शुद्ध गर्नु, चाल्नोमा गनौटो -गनिएका तिल, चामल, जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु यो दिनका मुख्य काम हुन् । यी काम सकिएपछि सप्तऋषिको पूजा गरन्िछ । सप्तऋषिको पूजा गरेपछि महिलाहरूले आफू पर्ूण्ारूपमा शुद्ध भएको विश्वास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *