Skip to content


साहित्य कलाको दृष्टिले २०७० साल त्यति उत्साहप्रद देखिँदैन । प्रसिद्ध गायक फत्तेमान, कवि तथा गीतकार कृष्णप्रसाद पराजुली, सारंगी वादक झलकमान गन्धर्व, गायक तथा संगीतकार सुन्दर थापा, लोक गायिका मञ्जु महत जस्ता धेरै ख्यातिप्राप्त प्रतिभाहरू हामीबाट बिदा भए । जाँदाजाँदै २०७०ले लोकप्रिय कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीलाई पनि चुँडेर लग्यो । साहित्य कलाको एउटा युग बिस्तारै बिस्तारै ओझेल भएर अस्ताउन लागेको छ । यस लेखमा म क्षेत्रप्रताप अधिकारीलाई सम्झने प्रयास गर्छु ।

तनहुँको मरि्लुङ गाविस वयपानी काउले गाउँको एउटा साधारण परिवारमा १९९९ सालमा जन्मेका क्षेत्रप्रताप अधिकारीले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा हासिल गरेर पछि काठमाडौंको जुद्धोदय माविबाट एसएलसी गरेका थिए । नेसनल कलेजबाट स्नातक गरे । धेरैपछि उनले जापानबाट अर्थशास्त्रमा एमए पनि गरे । अनेकन दुःख कष्ट झेलेर, अनवरत संघर्ष गरेर आफ्नो खुट्टामा उभिन सफल भएको एउटा साहसी गाउँले ठिटोको नाम हो- क्षत्रेप्रताप अधिकारी । अस्तित्वको संघर्षमा उनले के मात्रै गरेनन् ? काम खोज्दै कहाँ कहाँ मात्रै धाएनन् । बसको कन्डक्टर हुँदै अन्ततः साझाको निम्नस्तरको कर्मचारीको रूपमा जागरिमा प्रवेश गरे । धैर्य, अठोट र नरिन्तरको प्रयासको सामु बाधा, व्यवधान र कठिनाइको पनि केही लाग्दो रहेनछ । कालान्तरमा त्यही साझा प्रकाशनमा उनी सदस्यसचिव र पछि अध्यक्ष हुन पुगे । मलाई सम्झना छ- साझा प्रकाशनले कुनै बेला नियमित रूपमा लेखकस्व वितरण गर्थ्यो । क्षेत्रप्रतापले आफ्नो कार्यकालमा लेखक कविहरूसित मागी मागी साहित्यिक कृति प्रकाशित गर्थे । स्थापित कवि तथा लेखकका प्रतिनीधि कविता एव म कथाका संग्रहहरू पनि त्यसै अविधिका साझाबाट प्रकाशित भएको पाइन्छ । बढीभन्दा बढी साहित्यिक धरोहरलाई अघि बढाउने महत्त्वपूर्ण काम पनि उनले गरे । आज साझा प्रकाशनको दुर्गति देख्ता यसको आफ्नै इतिहासले धिक्कारेको जस्तो लाग्छ ।

क्षेत्रप्रताप अधिकारीमा राजनीतिक महत्त्वाकांक्षा नभएको पनि होइन । राष्ट्रिय पञ्चायतको सदस्यमा तनहुँबाट नरि्वाचित भएपछि २०४३ सालमा मरिचमान श्रेष्ठको मन्त्रिमण्डलमा उनी शिक्षा सहायक मन्त्री पनि भएका थिए । उनले थोरबहुत राजनीति पनि गरे । तर यथार्थमा भन्नुपर्दा उनी मूलतः एक सशक्त कवि शब्दशिल्पी र प्रतिभाशाली गीतकार नै थिए । आफ्नो देशलाई आफू जन्मिएको गामबेसीलाई माया गर्ने, प्रकृति आफ्ना खोलानाला, पाखापहराहरू भनेपछि हुकरुक्क हुने र आफ्नै मेलापात, गीत नाचहरूमा रमाउने सच्चा राष्ट्रवादी, प्रकृतिप्रेमी लोककवि एव म गीतकार थिए क्षेत्रप्रताप ।

उनी केही रसिक स्वभावका हाँसखेल ठट्टा गर्नुपर्ने, मोजमस्तीमा रमाउने व्यक्ति पनि थिए । जापानबाट फर्केपछि एक दिन म भेट गर्न गएको थिएँ । उनको साथमा एउटी जापानी केटी पनि थिइन् । प्रसन्न मुद्रामा उनले ती जापानी केटीसित मेरो परिचय गराए, मेरी जापानकी केटीसाथी, नेपाललाई औधि माया गर्छिन् भनेर । जापानी साथीले थोरै नेपाली पनि सिकेकरिहिछन् । मधुर मुस्कारसहित नमस्कार गरेर तपाईंलाई स्वागत अभिवादन गर्छु भनिन् । अधिकारीको जापान प्रवासकाल साहित्यिक दृष्टिले पनि महत्त्वपूर्ण रह्यो । फर्किएपछि उनले केही प्रख्यात जापानी कथा उपन्यासहरूका नेपाली अनुवाद प्रकाशित गरे ।

उनको पारिवारिक जीवन भने ठिकठिकै रह्यो । खास गरेर पत्नी वियोगपछि क्षेत्रप्रताप निकै विचलित भएका थिए । जीवनका सुखदुःख, घामछाया र उकालीओरालीहरूमा अनवरत साथ दिँदै आएकी अर्धांगिनीको अकस्मात भएको निधनले उनलाई नराम्रोसित हल्लाइदिएको थियो । उनी एक्लिएका थिए । केही हदसम्म एकोहोरिएका पनि । सबै परिस्थिति र वातावरण उनको प्रतिकूल भइरहेको थियो । तर पीडा र वेदनालाई भरसक लुकाएर सबैको सामु सामान्य र सहज हुने प्रयास गरिहरेका हुन्थे । यस्तो परिस्थितिमा पनि केही न केही लेख्ने प्रयत्न गर्थे । बाँच्ने एउटा न एउटा उपाय खोजरिहन्थे । कतै त कतै आफूलाई भुलाएर राख्ने उपक्रम गर्थे । कलेज अफ मेनेजमेन्टको संलग्नता यस्तै एउटा उपक्रम थियो ।

उनको व्यक्तित्वको एउटा अर्को पक्षको चर्चा नगर्ने हो भने यो लेख अधुरो हुनेछ । भन्नै पर्छ, उनी अलि जिद्दी स्वभावका पनि थिए । आफ्नो नरि्णय र आफूले रोजेको बाटोमा उनी दृढ भएर उभिन्थे र हिँड्न मन पराउँथे । अरूको कुरा नसुन्ने त होइन, तर अन्ततोगत्वा आफ्नै इच्छा र अन्तर्मनको आग्रहलाई सर्वाधिक महत्त्व दिन्थे । एउटा सानो प्रसंग । साझा प्रकाशनको वाषरि्क सभा भइरहको थियो । बाहरिबाट सिँढी चढेर सभागृहभित्र पस्दा उनलाई गाह्रो भइरहेको मैले देखें । सास बढेर उभिन नसक्ने स्थिति थियो उनको । मैले झटपट कुर्सीमा बसाएँ । ‘इनहेलर’ लिएको केही समयपछि उनी सामान्य हुँदै गए । तर सामान्य हुनेबित्तिकै उनले खल्तीबाट चुरोट झिकेर सल्काउन पो थाले । मैले रोक्ने प्रयास गरे । अरूले पनि मेरो साथ दिए । तर उनले हाम्रो आग्रहलाई सामान्य रूपमा लिँदै जवाफ दिए, ‘साथी भाइ हो ! यो धुवाँ त अब मैसित जान्छ । केही समयपछि उनलाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरियो । अवार्ड ग्रहण गर्न उनी आए पनि । तर गाडीबाट उत्तिएर भित्र समारोह स्थलसम्म जान पनि असमर्थ भएपछि उनलाई गाडीभित्रै अवार्ड प्रदान गरियो ।

यति हुँदा पनि उनले आफ्नो खानपान र जीवनशैलीमा कुनै सम्झौता गर्न चाहेनन् । बाँचुन्जेल आफ्नो जीवन आफ्नै सर्त र इच्छामा बाँचे । र मृत्युपछि पनि आफ्नो इच्छाअनुसार आफ्नो पार्थिव शरीर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई जिम्मा लगाएर गए । यसलाई पनि उनको दृढ निश्चय र अटल संकल्पको द्योतकका रूपमा लिन सकिन्छ । यद्यपि यसमा प्रगतिशील विचार मानव सेवा र परोपकारको उदाहरण भावना अन्तरनिहित रहेको यथार्थ त छँदै छ ।

मेरो विचारमा असाधारण प्रतिभा भएकाहरूको व्यक्तित्व पनि केही असामान्य हुने रहेछ । क्षेत्रप्रतापको पनि म त्यस्तो व्यक्तित्व र जीवनशैलीको प्रतिविम्ब पाउँछु । उनका ‘रहर लागेर’, गामबेसीका गीत, ‘पहाडदेखि पहाडसम्म’, ‘म त लालीगुराँस भएछु ‘ ‘फेरि एउटा परिवर्तन’ जस्ता कविता एव म गीतका पुस्तकहरू प्रकाशित भएका छन् । केही गीत गायक गायिकाहरूलाई उनले दिएका छन् । नारायणगोपाल, बच्चु कैलाश, रामकृष्ण ढकाल, कुन्ती मोक्तान जस्ता अग्रज एव म नयाँ पुस्ताका गायकगायिकाहरूले गाएका उनका प्रायः सबै गीत कर्णप्रिय छन्, लोकप्रिय भएका छन् । ‘म त लालीगुराँस भएछु’ मलाई छाडी मेरो छाया कतै झरेछ, ‘गोठालो जाँदा लाएको माया’ ‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ’ जस्ता कालजयी गीतका स्रष्टा क्षेत्रप्रतापले ‘क्या बोर भयो’ जस्तो पपगित पनि लेखे ।

समग्रमा भन्नुपर्दा क्षेत्रप्रताप अधिकारी गामबेसीका आधुनिक कवि हुन्, गीतकार हुन् । उनले सर्वसाधारणले बोल्ने गामबेसीको भाषामा पनि आधुनिक कविता र गीत लेख्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिए । गाउँघरको भाषा, विम्ब, प्रतिक र उक्तिहरूको प्रयोग गरेर उनले आधुनिक साहित्यको क्षेत्रमा एउटा भिन्दै शैलीको प्रतिपादन गरे र यही क्रममा आफ्नो विशिष्ट पहिचान बनाए । नेपाली आधुनिक कविता र गीतको क्षेत्रमा धेरैभन्दा धेरैले मन पराएका एक अत्यन्त लोकप्रिय कवि र गीतकार उनी बन्न पुगे ।

अहिले पनि राम्रो गीत लेख्ने, कविता लेख्ने धेरै छन् । भविष्यमा पनि आउनेछन् । तर ग्रामीण उक्ति, भाषा र भाकालाई टिपेर आधुनिक कविता एव म गीतको सरि्जना गर्न सक्ने क्षेत्रप्रताप स्तरको स्रष्टा अहिलेसम्म देखा परेको छैन । कमसेकम मैले देखेको छैन । पहाड, कन्दरा र ग्रामीण माटोको सुगन्ध भएको र लेकबेसीको प्रतिध्वनि मुखरित गर्न सक्ने कलम फेरि निस्केला ननिस्केला । क्षेत्रप्रतापले सुरु गरेको गामबेसीको साहित्यिक लहर फेरि अघि बढ्ला नबढ्ला यही नै आज चिन्ताको विषय भएको छ ।

आफ्नो नरि्णय संकल्प र अठोटमा जति नै कठोर देखिए पनि क्षेत्रप्रताप बोलीवचन र व्यवहारमा त्यति नै कोमल र शालीन थिए । काठमाडौंमा बसोबास गरे पनि उनले गाउँघरको धरातल छोडेका थिएनन् । बेलाबेला आफ्नो जिल्ला, गाउँघर गएर पुरानो स्मृतिलाई ताजा गराइरहन्थे । गाउँका बूढापाका र दौंतरीसित हाँसखेल ठट्टा गर्थे । जिस्किन्थे, जिस्काउँथे ।सँगै बसेर खानपिन गर्थे । गाउँथे र कम्मर कर्माएर नाच्थे पनि । उनले कहिले पनि बढप्पन देखाएनन् । आफ्नो धरातल बरि्सिएनन् । म सहरिया, पढेलेखेको ठूलो मान्छे भनेर विशिष्ट हुन खोजेनन् । सिंगो देशमा उनी जति लोकप्रिय थिए, उनको गाउँले पनि उनलाई त्यत्तिकै मन पराएको थियो ।

रसिक स्वभावका क्षेत्रप्रताप स्वयंमा एउटा राम्रो कविता र मिठो गीत थिए । बारम्बार सुनौं सुनौं लाग्ने, पढौं पढौं लाग्ने । उनको असामयिक निधनबाट नेपाली साहित्य र संगीतले एउटा प्रतिभाशाली सर्जक गुमायो । मैले एउटा अन्तरंग मित्र गुमाए । निकट भविष्यमा उनको अभावका परिपूर्ति सम्भव छैन । उनको शैलीलाई अघि बढाउने कोहीनिस्कियोस् । यद्यपी उन आफ्ना गीत र कवितामा अहिले पनि हामीसितै छन् । रहरिहनेछन् ।

कान्तिपुर कोसेली
२०७१ वैशाख ६ ११:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *