छोड अब बिदेश जान, फर्की आऊ हे परदेशी
यो आमाको बिन्ती मान, फर्की आऊ हे परदेशी
मानु रोप्दा मुरी फल्छ, बाझै छ खेत् मन जल्छ
खाऊ भात रोपी धान, फर्की आऊ हे परदेशी
आपसमा बाड्दै खुशी, परिवार सगै बसी
जे पाकेनी बाडी खान, फर्की आऊ हे परदेशी
प्रबास् पस्न छोडी दिए, सबै घर फर्की दिए
नेपालको बच्छ सान, फर्की आऊ हे परदेशी
कृषकको प्रेम छोरा, खेती गर्दा केनै भोर
कृषिलाई ठुलो ठान, फर्की आऊ हे परदेशी
प्रेम प्रसाद भट्टराई
खोटाङ बुइपा
हाल दोहा कतार