Skip to content


एक मिर्मिरे बिहानी
सूर्यले हानेको पहिलो सुनौलोतिर
घरको दलिनमा पर्छ,
दलिनको फेदीमा
जीवन र मृत्युको दोसाधमा रहेका
एकजोडी नवजात पन्छी
आफ्नो प्राणको भिक मागिरहेका छन्
जिन्दगीको सुरुवातको पहिलो चरणमा
आफ्नो परिक्षण गर्दै थिए होलान्
इन्जिन र पंखाहरू पूर्ण रुपमा
मजबुद भएकि भएनन् भनेर,

दिनसँगै सपनाहरू हुर्काएर
स्वतन्त्र हुन चाहन्थे होला बिचरा !
आज आँखाबाट जीवनको
खुशी पोखिएको छ

सायद आमा नै हुनु पर्छ उनीहरूको
घटनास्थलमा अचेत भई
बस्त्रहरू फिजाउदै एकनासले
चिर् चिर् आवाजमा
गुहारको शब्दहरू निकालिरहेकी छे,

त्यहाँ मानवीय प्रेमभन्दा धेरै
पबित्र प्रेमको
अश्रुधाराले कोलाहल मच्चाइरहेको थियो
उसलाई उदाउदै गरेको घामको अनुहार पनि
धमिलिएर हराएझै लागेको छ होला,

पक्कै बावु भने सयौ आमाको
गर्भमा अण्डा हुर्काउन उड्दै होला
जस्का भाले पनि यस्तै हुन्
गर्भिणी बनाएर पुरुषार्थ देखाउन चाहन्छन्

मेरा मस्तिष्कका तारहरू
त्यो मातृ स्नेहले एक्कासि सट गराए पछि
यी अनाम औलाहरूले
मधुरो बतासमा मिसिन लागेको प्राण
आफ्नो हत्केलाले छेक्दै
जीवनको आरम्भ नया बिहानीबाट
गराउन सफल हुन्छ

रामकृष्ण पौडेल ”अनायास”
भरतपुर,१३ ­कविडाँडा चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *