Skip to content

सत्ता सुख (भ्रष्टाचारको शृंखला-१)



सत्ता सुख (भ्रष्टाचारको शृंखला-१)
———————————
तराइको दिनभरको टनटलापूर घाम जेठको महिना त्यो पनि पहाडबाट झरेको मान्छेलाई बीरगंजको त्यो गर्मी निकैनै असह्य भैरहेको थियो । के गर्नु पार्टीको महाधिवेशन त्यो पनि पार्टी अध्यक्ष बहालवाला प्रधानमन्त्री नजिकैबाट चिने जाने जस्तो गरेर फोन नै गरेर आउनु पर्छ भनेपछि कर्ण बहादुर पहाडबाट हिजो झरेका थिए गाउ वडा समितिको साधारण कार्यकर्ता थिए कर्ण बहादुर तर पनि गाउँमा खातापिता घरका भएर होला रवाफ राम्रै थियो जिउडाल पनि ठुलो लगभग ६ फूट अग्ला साच्चैनै खाइलाग्दा थिए तिनी ।

अब प्रधानमन्त्री पार्टीको अध्यक्ष साथै मौकामा मधेश पनि घुम्ने प्लानमा कर्ण बहादुर मधेस झरेका थिए त्यो बिरगंज रक्सौल घुम्ने रहर उनको बडो अदवका साथ् एउटा जीप रिजर्व गरेर अगि पछि अरु दुई चार जना साथीहरू लिएर आएका थिए । पहिलो दिनको शत्रमा पार्टी महाधिवेशन उद्घाटन अनि अन्य पार्टीका नेताहरूले शुभकामना व्यक्त गर्दा गर्दै समय बितेको पत्तै भएन साँझ परिहालेछ । भोलिपल्टलाई बन्द सत्र घोषणा गरेर सभा स्थगन भयो । दिउसो लन्च त्यही कार्यक्रम स्थलमा नै बफे चलेको थियो अब अलिक ढिलो खाएकोले कर्ण बहादुरले बेलुका रक्सौल घुम्न जाने योजना साथीभाइहरूसँग मिलाए ।

साँझ परिसकेको थियो बिरगंज नाकाबाट रक्सौल जाने व्यस्त सडकबाट कर्ण बहादुर पनि हुइकिए आफ्नु जीपमा, त्यो बोर्डर नाकामा गाडी चेक जांच पास गराएर मात्र ल्याउने लाने गरिन्छ जो भारतीय सीमा र नेपाल सीमाको सीमा सन्धिको कानून अन्तर्गत पर्दछ । तर त्यसदिन तेसो भएन जांच पोस्टमा एक जना हल्दार उभिएका थिए तिनको अगाडि कर्ण बहादुरको पनि गाडी रोकियो कागजपत्र हल्दारले मांगे चालकले निकाल्दै थिए अलिक परबाट पुलिसको अलिक ठुलो अफिसरले जंगिदै कराए – ऐ हेर्दैनस देखिनस झण्डा गाडीमा ?

छोडिदे त्यो गाडी हल्दार बिचरा एक फूट माथि उफ्रेर स्यालुट मार्दै हवस् सर भन्दै जानुस जानुस भन्दै हातले इसारा गर्न थाले कर्ण बहादुर गर्वले जुंगामा ताउ लाउदै भन्दै थिए देख्यौ पार्टी झण्डालाई त यत्रो सम्मान गर्छन त्यसमाथि देशको झण्डा पनि यो गाडीमा भएको भए थाहा पाउने थियौ तिमीहरूले केटा हो बुझ्यौ यही हो सत्ता सुख भनेको सत्ता सुख क्या …… गाडी रक्सौलतिर हुइकियो ।एउटा भ्रष्टाचारको शृंखला थपेर (1)

srdhakal

Leave a Reply

Your email address will not be published. Required fields are marked *