हर्ष भर्दै पीडित ओठमा, मुस्कान ल्याऊ नयाँ वर्ष,
हत्या र हिंसा विरुद्धमा, आवाज उठाउ नयाँ वर्ष,
बिग्रिसक्यो हाम्रो मुलुक, हाना हान र ताना तानले,
सुमार्गको परिचय के हो? सिकाउन आऊ नयाँ वर्ष,
रगतले सिचिएको हाम्रो, माटो हाम्रो रुखिएछ,
धर्ती आमालाई बचाउने, उपाए बताऊ नयाँ वर्ष,
हरियाली डाडा पाखा, झरनामाथि चौरी गोठ,
पग्लिएको हिमालबाट हेर्न आऊ नयाँ वर्ष,
झन् चर्किए कथा ब्यथा मुर्झिए कि सबै हर्ष,
शौभाग्यको वर्ष छर्ने बोकी ल्याऊ नयाँ वर्ष,
प्रतिद्धन्दी धेरै भए, धनबिया मुर्ख बर्ग,
सद्भावना बढी ल्याई थेग्न आऊ नयाँ वर्ष,
संसारभरि भाग्न लागे, जागरिला युवा हात,
उन्नतिको वर्षा छर्दै, रोक्न आऊ नयाँ वर्ष