Skip to content

आँखामा साउन नझार


आँखामा साउन नझार
बिपनादेखि थाकेर
जीवनको सपना नमार

उकाली चढ्दा ओराली झर्दा
कहीँ त ठेस लाग्छ
कहिलेकाहीँ सपना पनि
आफैंलाई भार हुन्छ
फेरि गन्तव्य छुने हिम्मत नहार

अँध्यारोलाई छिचोली उज्यालो
आफैँले खोज्नुपर्छ
काँडाहरू पन्छ्याएर बाटो
आफैँ सम्याउनुपर्छ
जहिले पनि शिखर चुम्ने साहस उमार

शब्द : सुयर्मा राई
स्वर: जगदिश समाल
संगीत: दीपक जङ्गम

Leave a Reply

Your email address will not be published. Required fields are marked *