Skip to content

यो मनमा तिमी


कल्पना भए पनि रमाउदै छु तिमीसँग
मनको कुरा मनमै राखी बसे मैनौसम्म ।

तिम्रो मुस्कान ओठ जस्तै मन मेरो रंगिदै छ
तिम्रो बोली मन मस्तिष्कमा धुन जस्तै गुन्जिदै छ।

आत्माभित्र तिम्रो चित्र कोरिदै छ छिन्का छिन
गाजल रुपी नयनले झस्काउछन् प्रति दिन ।

मनको ब्यथा चाहेर नि भन्न मैले चाहेन
कति कुरे दिनहरू कति बिते रातहरू
तिम्रै लगि सबै भुली झरी बतास भनेन।

1 thought on “यो मनमा तिमी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *