Skip to content

दुई मुक्तक (छिप्पिएको बाँस)


१)
छिप्पिएको बाँस काट्दैमा मुढो हुदैन साहिली
बाँसको घास पकाउदैमा कुँडो हुदैन साहिली
दाह्री जुङ्गा र कपाल त उमेर पुगेपछि फुल्छ नि
सौन्दर्य पारखी मन कहिल्यै बुढो हुदैन साहिली

२)
विवेकहीन साहसीलाई सुरो भन्न मिल्छ र
मनमा सुनगाभा फुल्छ भने बुढो भन्न मिल्छ र
सुन्दरता कस्लाई प्यारो लाग्दैन र साहिली
रुपको प्रसंशा गर्दैमा फुँडो भन्न मिल्छ र ?

4 thoughts on “दुई मुक्तक (छिप्पिएको बाँस)”

  1. मलाइ नपाइँका यी दुइ मुक्तक
    मलाइ नपाइँका यी दुइ मुक्तक निकै नै रोचर लागे ।

  2. बधाई
    एकदमै सुन्दर रचना ! बधाई छ |
    कहिले काहीं अति राम्रा कुरा फूर्छन् लेख्दै जाँदा |

    गौतम “उदय”
    [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *