Skip to content

यात्रा के हो थाहा पाएँ दोबाटोमा छुटेपछि


यात्रा के हो थाहा पाएँ दोबाटोमा छुटेपछि
साथ के हो थाहा पाएँ आधीबाटो टुटेपछि

चोखो माया संगालेरसँगै बस्ने भर पर्दा
आसा के हो थाहा पाएँ सिसासरी फुटेपछि

जुटेपछि छुट्टिएर दिनरात एक्लै काट्दा
याद के हो थाहा पाएँ सम्झनाले कुटेपछि

हाँसोहरू सम्हालेर सधैं सधैं राख्न खोज्दा
खुसी के हो थाहा पाएँ आँसु झरी लुटेपछि

आदर्शको कुरा भित्र छुरा चिन्न नसकेरै
नाता के हो थाहा पाएँ नचाहँदै चुटेपछि

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *