Skip to content

तिम्रो मुस्कान तिम्रो माया


तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय
तिम्रो बोली तिम्रो सुवास मेरो त प्राण थियो प्रिय

एउटा झोका बतास झै तिमी आयौ मेरो जीवनमा
एउटा टुक्रा बादल झैँ तिमी आयौ मेरो जीवनमा
अजम्बरी याद बनी बाँचिरह्यौ मेरो यो मनमा
तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय

जलेर गए खरानी भए छिनभरमै मेरा आकांक्षा
कसैले पनि दिन नपरोस यस्तो कठोर परीक्षा
ऐया भन्दै गयौ तिमी छोडेर मलाई यौवनमा
अजम्बरी याद बनी बाँचिरह्यो मेरो यो मनमा

तिम्रो हात तिम्रो साथ मेरो त प्राण थियो प्रिय
तिम्रो मुस्कान तिम्रो माया मेरो त प्राण थियो प्रिय

शब्द – दृप चाम्लिङ
स्वर – राजेश पायल राई
संगीत – महेश खड्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *