Skip to content


उसले आफ्नो कथा यसरी सुरु गरी –
“म काठमाडौंमा जन्मेँ, हुर्के र बढैँ । मेरो विवाहपछि पनि त्यही टोलमा एउटा कोठा लिएर बसेँ । एउटा गाउँबाट सहरमा पढ्न आएको, हाम्रै घरमा डेरा गरी बसेको केटासँग मेरो प्रेमविवाह भयो । …
उहाँ अमेरिकामा उच्च शिक्षाका लागि जानु भएको छ । मैले आफ्ना सबै गहना बेचेर पनि नपुगेको पैसा अरुसँग सापट मागी उहाँलाई पढ्न पठाएकी थिएँ । हुन त दुई वर्षा लागि जानु भएको हो, तर दश वर्षभयो र्फकनु भएको छैन । म एक किसिमले स्वतन्त्र पंक्षीजस्तै छु । जीवनका महत्वपूर्ण क्षणहरू एक्लै बिताउनु मेरो बाध्यता हो ।”
उसको अनुहार केही कठोर हुँदै आयो ।
“म एक्लै छु, घर-परिवारको कुनै बन्धन छैन । म एउटा बैङ्कमा काम गर्छु एक्लो ज्यानलाई साधारण खान लाउन पुग्छ । म बाँच्नुमा कताकता अपूर्ण ताको आभास पाउँछु । साँच्चै जीवन बाँच्नु भनेको खानु लाउनु मात्र पनि होइन नि ! मेरो विवशता कहाँ गएर पोख्नु सक्छु र !”
ऊ आफ्नो कुरा भन्दैरही –
“म हरेक बिहान नुहाईधुवाई गरी पशुपति मन्दिर जान्छु । भगवान्को दर्शन पनि, मर्निङवाक पनि । सायद भगवान्को दर्शन र मर्निङवाकमा आफूलाई व्यस्त राख्ने बहाना वा केही सन्तुष्टि प्राप्त गर्ने लोभ पनि हो ।”
उसले आफ्नो कुरा नढाँटीकन भन्दैगई –
“बिहानको चिसो हावाले शीतलता त दिन्छ, तर बाटामा थुपारिएका फोहरको डङ्गुलु नाक नै फुट्लाजस्तो हुन्छ । रातोपुल पुग्दा धोबीखोलाको दुर्गन्धले नाक थुन्न बाध्य पार्छ । हेर्दाहेर्दै नदीमा पनि कस्तो फोहर बढेको !”
आफ्नो अतीतमा अनायसै फर्किन्छे ऊ –
“समयले कसरी र कस्तो नियति भोगाउँदो रहेछ !
म सानो हुँदा त्यही खोलाको पानी चोखो मानेर पूजा गर्न प्रयोग गरिन्थ्यो । दसैंमा चराचुरुङ्गी नकराउँदै त्यहाँबाट चोखो पानी र बालुवा ल्याई जमरा राखिन्थ्यो । अहिले त्यहाँको पानी छुनै हुँदैन ।
मेरी आमा भन्नुहुन्थ्यो, उहाँ सानो छँदा त्यही नदीमा पौडी खेल्नुहुन्थ्यो र त्यहाँको पानी अँजुलीमा लिएर पिउनुहुन्थ्यो रे ! त्यो कुरा अब एकादेशको दन्त्यकथाजस्तो लाग्छ ।”
उसले पौडी खेलेको सम्झी – पौडीमा कति आनन्द आउँछ ! साच्चै पौडी नखेलेको पनि कति वर्षभयो ! पौडी ! आहा ! सम्झिदै आङ जिरिङ्ग हुन्छ । पौडीको कल्पनामा डुब्दाडुब्दै चिट्चिट् पसिना आयो । फेरि यथास्थितिमा र्फकने चेष्टा गरी –
“मन्दिरमा पुगेपछि पहिला पशुपतिनाथको दर्शन गर्छु एक चक्कर घुमेर उत्तरपट्टिको वासुकीनागको दर्शन गर्छु किनकिन नचाहँदा नचाहँदै पनि त्यस मन्दिरको टुँडालमा आँखा जान्छ, त्यहाँ रतिक्रियाका अनेक आसन कुँदिएका हुन्छन् । त्यो हेरेपछि एकछिन मेरो तनमन सिरिङ्ग भई हलचल हुन्छ ।”
उसका आँखा पेरि टुँडालतिर पुगे । यी सबै दृष्यहरूले पनि टुँडालबाट उसका आँखा छुटाउन सकेनन् ।
उसका आँखा टुँडालका मैथुनिक दृष्यमा निकैबेल अल्झि रहे र त्यो हेर्दाहेर्दै ऊ एकोहोरीरही । उसका आँखा फेरि पाटीतिर पुगे –
त्यहाँ पाटीमा अनेकथरी मानिस हुन्छन् । कोही खरानी घसी लँगौटीमा लगाएर चिलिममा गाँजा राखी तानिरहेका, उसका चेलाहरू एक सर्को तान्न वरिपरि झुम्मिरहेका, कोही पहेँलो वस्त्रमा रुद्राक्ष जपिरहेका, कोही भजन गाइरहेका अनि कोही लुला-लङ्गडा मगन्तेहरू सबै खुसीले नै बाँचेका छन् ।
त्यस पाटी अगाडि कृष्ण मन्दिरको छेउमाएउटा सानो महादेवको मन्दिर छ । त्यस मन्दिरमा दुई तीन महिनादेखि एकजना युवक साधु जप गरिरहेको हुन्छ । किनकिन उसतिर मेरा आँखा आकषिर्त भइरहन्छन् । म टक्क अडिएर जप गरेको हेरिरहन्छु । उसले पनि आफ्ना अगाडि कोही उभिएको थाहा पाउँछ । ऊसँग मेरो आँखा जुध्दा मेरो मनमा एक किसिमको तरङ्ग उत्पन्न हुन्छ । किनकिन एकपटक उससँग आँखा नजुधेसम्म मलाई सन्तुष्टि हुँदैन ।
म पशुपति मन्दिरको दक्षिणपट्टि उन्मत्तभैरवको दर्शन गर्न कहिल्यै छोडि्दनँ । मलाई त्यहाँ नगएसम्म मन शान्ति हुँदैन । साँच्चै भनु भने पशुपतिको दर्शन गर्ने मेरो निहुँ मात्र हो । म त उही उन्मत्त भैरवको दर्शन गर्न मन्दिर जाने हो । हरदिन त्यहाँ पुग्दा एक किसिमको सन्तुष्टि हुन्छ । किनकिन मलाई उन्मत्त भैरवको मूर्ति ले नजानिँदो आकर्षा पैदा गरिरहन्छ । अनौठो कुतकुती जगाइरहन्छ । त्यसपछि म भैरव मन्दिरभित्र पस्छु । अनायसै मेरा आँखा मूर्ति का अङ्गप्रत्यङ्ग नियाल्न थाल्छन् । कति कसिलो शरीर ! उन्मत्त भैरवका अङ्गविशेषले मलाई तरङ्गको झड्का दिन्छ । नाम नै उन्मत्त भैरव !
उन्मत्त नग्न भई कामले उत्तेजित रूपमा ठिङ्ग उभिइरहेको देख्दा मनमा मिठो काउकुती लाग्छ । मेरा संवेदनाहरू असरल्ल हुन्छन् । त्यस काउकुतीबाट म द्रवित हुन्छु – लोग्नेसँगको सम्बन्धबाट हुने तृष्णातउप्तिको अनुभूति हुन्छ मलाई ।”
उसले उन्मत्त भैरवको मूतिलाई तलदेखि माथिसम्म टोलाएर हेरी ।मूर्ति यन्त्रवत थियो र दृढ पनि । उसले विस्तारै मूर्ति चलमलाएको देखि र आफूतिर आउँदै गरेको अनुभव गर्न थाली ।
ऊ अकस्मात उन्मत्त भैरवको मूर्ति लाई अँगालो मान पुगी । बेसरी बाहुपासमा बाँधी । मूर्ति कठोर थियो । मूतिको दृढइन्द्रियले उसको पेट अचेटेपछि बल्ल थाहा पाई – मूर्ति ढुङ्गाजस्तै कठोर थियो ।
उसले आफ्नो कथा अघि बढाउँदै गई –
“एकदिन मन्दिर जाँदा त्यो युवक साधुलाई देखिनँ । मन अलि खल्लो र खिन्न भयो । म मर्माहत थिएँ । किनकिन अनायसै उससँग आफ्नापन गाँसिएको लाग्यो । आज उसलाई नदेख्दा मन नमीठो बनाएर घर फर्केँ । मनले ऊसँगको सामिप्य खोजेको थियो ।
घर पुगेर ढोका खोल्दा उही साधु मेरो खाटमा बसिरहेको देखेँ । मैले आश्चार्य र हर्षा साथ उसलाई हेरिरहेँ । ममा एकाएक डर, त्रास र आशङ्काका भेलहरू बग्न थाले । कसैले देख्ला कि भनेर ढोका बन्द गरेँ । उसले आफ्ना हात फैलाउँदै मलाई आफूतिर आउन आँखाले इसारा गर्यो । म उसको अँगालोमा बाँधिएँ । उसको नरम र न्यानो ओठको चुम्बनको वर्षा मेरो अनुहारभरि पर्दा म पग्लिएँ । म आफूलाई बिर्सेंरउसैसँग समाहित भएँ । उसको न्यानो र उन्मादी र्स्पर्श शरीरभरि तरङ्गति हुँदै गयो ।
मलाई लाग्यो – म पौराणिक कथाकी रति र उनी कामदेव । हामी दुई जनाको सङ्गमको क्रीडा कामशास्त्रमा वर्ण्र्ाागरिएका अनेक आसनमा रति र कामदेवको जस्तै यौनप्रतिस्पर्धा भइरहृयो । हाम्रो हारजितको फैसला हुन नपाउँदै ठूलो स्वरले सधैंझैं बिहानको पाँच बजे टोलको गणेश मन्दिरमा घण्टी बज्यो । म झल्याँस्स ब्युँझेँ ।”
ऊ सपनाबाट ब्युँझदा निकै आत्तिएकी देखिन्थी । उसको सास फुलिरहेको थियो र शरीर पसिनाले निथु्रक्क भिजेको थियो, तर पनि ऊ पानीमा डुबेजस्तो चिसो अनुभव गरिरहेकी थिई र उसको अनुहारले नै तृप्ती पछिको हलुङ्गो मनको अनुभूति दिइरहेको थियो ।

3 thoughts on “उन्मत्त भैरहव”

  1. धन्यवाद छ यो कथा लेख्ने मनुजा
    धन्यवाद छ यो कथा लेख्ने मनुजा लाई मेरो तर्फ बाट मलाई त यो साह्रै नै मन छुने खालको रहे६
    जीवन को कटु सत्यलाई बडो सरलतका साथ एउटा सपना को शहर। लिएर यो हिन्दू समाज मा पच्न सक्ने तरिका ले पस्कन सक्नु नै महान कार्य हो।

    -र।मेशवर प्रसाद प्य।कुरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *