Skip to content

फूल्दो फूलसरी मुहार उसको हाँसो छ पासो सरी।
बाँधिन् आज अझै मलाइ उसले त्यै एक हाँसो छरी।।
बोली अमृत झैँ सुनेर म यसै लठ्ठै भई टोलिए।
आँखाको मदमा भुलेर म यसै हेर्दै झनै घोरिए।।

लालूपात टिपेर केशबिचमा हाँस्दै म लाईदिऊँ।
पोख्नै यो मनका कुरा उसतिरै जैले म धाईदिऊँ।।
आऊँछिन् सपना भरी नयनमा जान्छिन् बिहानी उनी।
जाऊँ घुम्न भनेर बादलमहाँ लान्छिन् मलाई उनी।।

यादैमा भुलदैँ कपी कलम ली यो आजको साँझमा।
सुनाईदिउँकी रचेर कविता ऊन्कै मिठो यादमा।।
उन्कै तस्विर देख्छु कागज भरी हाँस्दै रहेकी उनी।
मेरै अन्तरमा बसेर मनमा ज्ञानी भएकी उनी।।

उन्को याद अती भएर अहिले तड्पेछु मै रातमा।
माया लाग्छ भनेर की भनिदिऊँ ऊन्कै मिठो साथमा।।
के सन्देश पठाउँ खै उसकहाँ पोखेर यो भावना।
पाईला उनको सँधै प्रगतिमा गर्दैछु यै कामना।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *