Skip to content

यहाँ मन भत्किएका


यहाँ मन भत्किएका हूलको कथा छ
यहाँ रोज लुटिएका फूलको कथा छ

परदेशमा उदाउछ तन्नेरी घाम
यहाँ गाउँ रित्तिएका कूलको कथा छ

कसको उपमा दिउ,कसलाई सुनाउँ
यहाँ लठारो चुडिएका पुलको कथा छ

विवेकी, “विवेक ” बन्न पाउ सधैँभरि
यहाँ सानो छँदा गरिएका भूलको कथा छ ।

अस्तु :
विवेक दुलाल क्षेत्री “दमक ”
दमक, झापा
हाल: अबुधाबी, यू ए ई

Leave a Reply

Your email address will not be published. Required fields are marked *