Skip to content
DharmaRajKoirala


मनभरी घटनाहरु सम्झदा
तरल भाव उछालिन ठोकिदा
तन विभोर सदा मन मै डुवी
तरसका रसका छन ढुक्ढुकी ।

नदी तरंगित छाल सुमाधुरी,
जीवन धर्ति शखा सठ चातुरी
गति छिनाली विखण्डित मार्ग भो
चपलता पलता अयथार्थ हो ।

मन विकार विसाल भुजंग भै
लिई फणा त्रिषित डंक पछार दै
अति विरक्ति अशान्ति झझल्किने
दमनका मनका वीच शोभिने ।

शहर भित्र घनाजन संगति
वय दिवास्त विचित्र विसंगति
मन युवारस तरंग सुशोभिने
त्रिषितका सितका पथ खोजने

द्विविध यी प्रक्रिति विषयाग्निले
म्रिदुमुहार विलक्षण व्रीत्तीले
मन विभान्छित दीप्ति प्रकाशमा
दमनका मनका विच त्राशमा ।

“द्रुत विलम्बित ” छन्द

लेखक : धर्म राज कोइराला
सहप्रध्यापक,
रत्न राज्यलक्ष्मी क्याम्पस
काठमान्डौ, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *