Skip to content


वि.सं. २०३९ सालमा र्सवनामका कलाकारहरुले कवि विष्णुविभु घिमिरेको कविता लङ्गडी केटीलाई पाठ्य सामग्रीबाट दृश्यमा अर्थात रङ्गमञ्चमा उतारेको थियो । लङ्गडी केटी को शर्ीष्ा भुमिका निर्वाह गरेकी थिईन् अभिनेत्री बिना बुढाथोकीले र कविताको निर्देशन गरेका थिए निर्देशक अशेष मल्लले । नेपाली रङ्गमञ्चका निम्ति त्यो बेला यो एउटा भिन्न प्रयोग थियो । दर्शकले नौलो स्वाद पाएका थिए भने कविताले पनि नया“ पाठक र स्थान पाएको थियो । कविता मञ्चनको प्रयोग र परम्पराको थालनी भएको थियो । अशेष मल्लको भनाइ अनुसार त्यस समयमा यसरी कवितालाई मञ्चमा ल्याउनुको कारण कवितालाई पनि नाटकीय रुप दिन सकिन्छ भनेर यो र्सवनामका रङ्गकर्मीहरुको प्रयास थियो । प्रयोग भयो र दर्शकहरुले रुचाए पनि ।

नेपाली कविताको पाठक घटिरहेको भन्ने गुनासो रहिरहेको अवस्थामा कविता मञ्चनको परम्परा शुरु भएको दुई दशक पछि यसले आफ्नो बेग्लै पहिचान बनाउ“दै लगेको छ । वास्तवमा कविता मञ्चनको परम्पराबाट कविताले रङ्गमञ्चलाई धनी बनाउ“छ र रङ्गमञ्चले कवितालाई धनी बनाउ“छ । शुरुवातताको कुरा गर्नु पर्दा, वि.सं. २०४१ सालमा रमेश बुढाथोकीको निर्देशनमा अनिल बर्वेको कविता थ्याङ्ग यू मिस्टर ग्लाडको नेपाली अनुवाद उसको कवितामा को रुदैन मञ्चन भएको थियो । यसमा सन्तोष पोखरेल, लक्ष्मी लक्ष्मी श्रेष्ठ, रमेश बुढाथोकी, शोभा श्रेष्ठ, दिपक क्षेत्री, सोमनाथ भट्टर्राई आदिले अभिनय गरेका थिए । यो भुटानमा समेत देखाइएको थियो । त्यसताका यो कविता मञ्चनले निकै प्रसंसा पाएको बुझिन्छ ।

कविताको भावलाई रङ्ग प्रस्तुतिका विविध शैलीद्धारा व्यक्त गर्ने एउटा कलाको रुपमा कविता मञ्चनलाई लिईन्छ । कविता उसै पनि जटिल विधा मानिन्छ । कवि श्रवण मुकारूङको भनाइ अनुसार, कवितालाई मञ्चमा प्रस्तुत गर्दा धेरै सावधानी अपनाउनु पर्छ । कविले कस्तो पृष्ठभुमिमा कविता लेखेको हो – र त्यो कविताको मर्म के हो – भन्ने कुराले पनि रङ्गमञ्चमा प्रस्तुत हुँदा न्याय पाउनु पर्छ ।

रङ्गकर्मीहरुले मिहिनेतपूर्वक गरेका शारीरिक चेष्टा र भाव अभिव्यक्तिले कविताको स्तरलाई निकै राम्रोस“ग माथी उठाउन सक्छ । कविताको मर्मलाई कविले सोचेभन्दा पनि बेजोड तरीकाले प्रस्तुत गर्न सक्छ । राष्ट्रिय नाट्य विधालय दिल्लीमा अध्ययन गर्दा कविता मञ्चन गरेको बताउने रङ्गकर्मी अनुप बराल भन्छन्, “कविताको विम्ब र विषयलाई रङ्गकर्मीले आफ्नो तरीकाले प्रस्तुत गर्न स्वतन्त्रता पाउ“छ । नाटकमा भने त्यो छुट हुदैन । कथा र नाटकमा स्थान, पात्र, घटना आदी जस्ता रङ्गमञ्चीय कुराहरुले गर्दा यी विधा रङ्गमञ्चस“ग बढी नजिक हुन्छन् । तर कवितामा ती सब कुराहरु हुदैन ।”

कविता मञ्चनलाई बेला बेलामा विभिन्न नाट्य समुहले मञ्चन गर्ने गरेको पाइन्छ । र्सवनाम नाट्य समूहबाछ अशेष मल्लको निर्देशनमा मञ्चन भएका केही कविताहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पागल, बालकृष्ण समको कविता म पनि द्यौता मान्छु, बासु शशीको कविता बीसौ शताब्दीको मान्छे आदी पर्छन् । वि.सं. २०५६ सालमा र्सवनामले भूपि शेरचनको प्रख्यात कविता हामी लाई झण्डै एक घन्टा लामो नाटकीय रुप दिएर मञ्चन गरेको थियो । यसबाट र्सवनामले साहित्य र नाटकका विज्ञ तथा दर्शकहरुबाट पनि राम्रै प्रसंसा र माया पाएको देखिन्छ ।

कवि विप्लव ढकालको भनाइ अनुसार दृश्य विधा भएकोले कविता रङ्गमञ्चमा प्रस्तुत हुँदा त्यो झनै प्रभावकारी बन्दछ । वि.सं. २०६० सालमा विश्व रङ्गमञ्च दिवसका सर्न्दर्भमा ज्योतिपुञ्ज साइन थिएटरले विप्लव ढकालद्वारा लिखित तथा कृष्ण शाह यात्रीद्वारा निर्देशित कविता नीर्जन बन्दरगाहा मञ्चन गरेको थियो । प्रज्ञा भवनको डबलीमा मञ्चन गरिएको कविता नीर्जन बन्दरगाहा का कलाकार जगत खड्का भन्छन्, “कवितामा अभिनय गर्दाको आनन्द बेग्लै हुन्छ । यो नाटकभन्दा कठिन हुन्छ गर्नलाई ।” वि.सं. २०६१ सालमा गुरुकुलको दुई बर्षीय रङ्गमञ्चको अध्ययनको अन्तिम प्रस्तुतिको रुपमा गुरुकुलका ११ प्रशिक्षार्थीहरुले ११ जना कविका कविताललाई छुट्टा छुट्टै प्रस्तुत गरेका थिए । शुभारम्भ, सत्य नजरबन्द भएको समय, शहरमा बत्ती निभेको सा“झ, सुकुलस“ग जीवन बुनीरहेकी आईमाई लगायतका मञ्चित कविताहरुमा सबै रङ्गकर्मीहरुले विम्बको खोजी गर्ने प्रयास गरेका थिए । यसैगरी २०६५ मा पूर्ण विरामको कविता त्यो योद्धा को हो – मञ्चन भएको छ ।

नाटकको एउटा प्रमुख विधा अर्न्तर्गत नै काव्य नाटक अर्थात कविता प्रधान नाटक पर्दछ । नेपालमा काव्य नाटक, खण्डकाव्य र गीति नाटकहरु पनि विभिन्न समयमा मञ्चन भएका छन् । महाकवि देवकोटाको मुनामदन र कुञ्जिनी, माधवप्रसाद घिमिरेको मालती मंगले र देउकी गीति नाटकहरुको उत्कृष्ट मञ्चनको प्रसंसा अहिले पनि उत्तीकै हुने गर्छ । तर काव्य नाटक वा गीति नाटकमा कथानक, घटना र चरित्र -पात्र) पक्ष स्पष्ट हुने भएकोले यसबाट दर्शकहरुले कवितामा जस्तो सांकेतिक र प्रतिकात्मक कुराहरु मञ्चमा प्रशस्त देख्न पाउदैन । अहिलेको आधुनिक रङ्गमञ्चमा नाटक मञ्चन गर्न विभिन्न कठिनाई हुने पर्रि्रेक्ष्यमा कविता मञ्चन पनि एउटा राम्रो माध्यम बन्न सक्छ । आधुनिक नेपाली रङ्गमञ्च व्यवसायिक हुन नसकेको तथा नाट्य संस्थाहरुको पनि आर्थिक स्तर दह्रो नभएकाले गीति नाटक मञ्चन गर्न विभिन्न कठिनाई भईरहेको छ । यस्तो अवस्थामा कविता मञ्चन पनि एउटा राम्रो विकल्पको रुपमा पनि देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *