Skip to content

मात्तियो त्यो भन्छन

मात्तियो त्यो भन्छन
———————-
ओरालोमा खेद्छन आमा
आत्तियो यो है भन्छन
नाकै सम्म औला ल्याउछन
तात्तियो यो भन्छन
आमा मलाइ आजकल
किन मात्तियो पो भन्छन
डाहा गर्ने डाहीहरु
पात्तियो यो भन्छन
मित्र रूपी शत्रुहरु
नाप्पियो पो भन्छन
जहाँ सारो जहाँ गारो
चेपट्याएर राख्छन
खुट्टा छिर्के थापी थापी
कक्रिएछ भन्छन
अइया आथ्थो बनाउछन
च्याठठियो है भन्छन
बाच्नलाई श्वास लिंदा
कस्सियो यो भन्छन
आमा मलाइ बाच्न खोज्दा
मात्तिएछ भन्छन
आमा मलाइ आजकल किन
पात्तिएछ भन्छन
अनुभव बाँड्यो भने
बाठो भो त्यो भन्छन
हात माथी उठाउदा
आइलाग्यो त्यो भन्छन
अलिक सारो बोल्यो भने
धोके छ पो भन्छन
आमा मलाइ आजकल किन
मात्तियो त्यो भन्छन !!
==============

Leave a Reply

Your email address will not be published. Required fields are marked *