भोको पेटलाई खानेकुरा होइन
माटोको अमृत टिप्न सिकाई देऊ
नांगो ज्यानलाई जडे्यौरी होइन
कपडा सिलाउन सिकाई देऊ
आकासमुनि बाँच्नेलाई ओत होइन
घर बनाउन सिकाई देऊ
रातमा हिड्नलाई सहारा होइन
ज्योति वाल्न सिकाई देऊ
तिम्रो जस्तै मेरो हात छन
तिम्रो जस्तै मेरो आँखा छन
तिम्रो जस्तै मेरो मस्तिष्क छ
मेरा हात, आँखा र मस्तिष्क चलेमा
तिमीले नदिए पनि म बाँच्न सक्छु
तिमी जस्तै म पनि उस्तै वन्छु
हामी समान बन्छौं
प्रेम नेपाली
पोखरा ५ मालेपाटन
पेशा पत्रकारिता (कान्तिपुर दैनिक)