Skip to content


तिमी नङ
र म मासु
तिमी जुन
र म रात
तिमी फूल
र म सुबास
साँचै यस्तै
रहिरहोस्
तिम्रो र मेरो
सम्बन्ध…
तिमी यात्रा
र म यात्री
तिमी प्रेम
र म प्रेमी
तिम्रो र मेरो
आँगन एउटै
तिम्रो र मेरो
लक्ष्य एउटै
अनि तिम्रो र मेरो
मन एउटै
हुन्छ भन्ने सहमति
थियो नि हैन….???

तर लाग्छ हिजो आज
तिमी फूल भएर पनि
म सुबास हुन सक्दिन
तिमी जून भएर पनि
म रात हुन सक्दिन
त्यसैले होला
तिमी आकास भएकी छौं
र म धर्ती
नजिक भएर पनि टाढा
लाग्छ तिमी त
चाहेर पनि टाढिदै गएको
नदीको किनार भएकी छौं
र जति कोशिस गर्दा पनि
जोड्न नसकिने
सामुद्रिक छाल जस्तो
र उर्लिदै आएको भेल जस्तो
छेक्नै नसकिने भएकी छौं
यद्यपि
म कोशिस गरिरहेछु
भेल सुकेपछि
तिमी शान्त हुनेछौं
र तिमी फेरि
मूल हुनेछौं
र म सागर ।।।

जब्दी ६, हरिभवन,
लालबन्दी नपा, सर्लाही
२९ बैशाख,२०७१
www.makaronline.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *