Skip to content

के म बाच्न सक्छु?

सबै पिडालाई भुलेर
मेरा सपनाहरु बटुलेर
मन मस्तिष्कबाट खुलेर
अलिकति हाँस्न सक्छु?
के म बाच्न सक्छु?

तिम्रो नियम कानुन तोडेर
आफ्नै सिद्धान्त ओडेर
मेरा थुनिएका सपनाहरुको लागी
खुम्चिएका चाहनाहरुको लागी
कैदी पिंजडालाई भाँच्न सक्छु?
के म अलिकति बाच्न सक्छु?

दमन कम भैदिए
प्रतिकारको ममा दम भैदिए
मेरा खुशिहरु
तिम्रा ईच्छाहरुको गुलाम नभैदिए
के म अलिकति
मेरा आशाहरु साँच्न सक्छु?
तिम्रो अनुमति भएँ,
के म बाच्न सक्छु?
फुर्कीएर एक्चोटी नाच्न सक्छु?
ए नियमका कानुनका
दलालहरु हो
के म बाच्न सक्छु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *