जसले हिजो आफ्नो छातीमा राखेर गयो
हेर्नोस् आज उसैले मलाई मारेर गयो
सपना देखाई ममा जुलुम गर्नु गरेर
जलिमले मर्नु न बाँच्नु आज पारेर गयो
वर्षौंपछि बल्ल तल्ल हिजो भेट भएको
एकैछिन है भन्दै उसले टारेर गयो
मूर्छित त्यो अवस्थामा ढल्दै गर्दा म
मर्यो कि बाँच्यो भनेर जाँचेर गयो
आफ्नै त्यो हस्तलिपि खाम भित्र समवेदना
कसैको हातद्वारा खबर पठाएर गयो ।
– © मानन्धर अभागी ।