Skip to content

उधारोमा खाएको त्यो तिर्ने बाँकी ऋण सम्झेँ


उधारोमा खाएको त्यो
तिर्ने बाँकी ऋण सम्झेँ
उदाउँदै अस्ताएको
मायाको त्यो दिन सम्झेँ ।।१।।

घाम पनि त चौतारीमा
कहिले काँही पर्ने गर्छ,
पल पलमै तिम्रो मन
यता उता सर्ने गर्छ ।।२।।

तिमी संग अन्तिम पट्क
बिताएको छिन(क्षण) सम्झेँ,
उदाउँदै अस्ताएको
मायाको त्यो दिन सम्झेँ ।।३।।

मन भित्रको तिम्रो चोखो
प्रित पाउने चाहा थियो,
बिक्रिमा पो रैछ माया
कस्लाई यहाँ थाहा थियो ।।४।।

तिम्लाई माया गर्ने कति
एक दुई तीन सम्झेँ,
उदाउँदै अस्ताएको
मायाको त्यो दिन सम्झेँ ।।५।।

गहका आँसु गहमै
सुकाएर रोक्दा रोक्दै,
उस जन्मको भागभोग
यस जन्ममा भोग्दा भोग्दै ।।६।।

धोकेबाजी घाती भनी
गरेको त्यो घिन सम्झेँ,
उदाउँदै अस्ताएको
मायाको त्यो दिन सम्झेँ ।।७।।

उधारोमा खाएको त्यो
तिर्ने बाँकी ऋण सम्झेँ
उदाउँदै अस्ताएको
मायाको त्यो दिन सम्झेँ…….दर्पण

Leave a Reply

Your email address will not be published. Required fields are marked *