Skip to content

तिम्ले साथ छोडे के भो

KapilDevThapa


तिम्ले साथ छोडे के भो तिमी भन्दा गुणी भेटें,
हर पल साथ दिने मात्र मेरी उनी भेटें ।।

सरदको ठिही जस्तै तिम्रो मायाँ चिसिईंदा,
उन्ले मायाँ लाउन थालिन बसन्तमा गुन्गुनाउँदा,
संसार भुल्ने मायाँ दिने तिमीभन्दा गुणी भेटें,
हर पल साथ दिने मात्र मेरी उनी भेटें ।।

मन मुटुको मायाँ साट्ने केवल तिम्रो खेल रैछ,
सातै जुनी सँगै बाँच्ने बाचा तिम्रो झेल रैछ,
सँगै जिउने सँगै मर्ने, मनकी मेरी रानी भेटें,
हर पल साथ दिने मात्र मेरी उनी मेटें ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *