Skip to content


आगो यहाँ बल्दछ शिरमाथि
पञ्चाग्नी तातो त्यति हुन्न साथि
धपक्क रातो पनि देखिंदैन
त्यो मेघले खै किन छेकिदैन ? ।।१।।

पानि विनाको मछली सरी भै
यो मृतभुमी पृथिवी भरिकै
तड्पन्छ आफैं अनि रुन्छ आफैं
गर्दैन माया निठुरी छ साह्रै ।।२।।

न लाग्छ हावा हिमको मिठास
न पर्छ पानि छ रुखो बतास
पोलेर भत्भत् हिंडीसक्नु छैन
वेकाम भै बस्नु पनि हुँदैन ।।३।।

डिग्री पचासै सजिलै पुगेछ
उड्दो चरी त्यो भुंईमा खसेछ
पानि पनि प्युँन मिलेन काहिं
कस्तो महाकाल बसेछ त्याहिं ।।४।।

नेपाली हामी शिरमा हिमाल
बोकेर हिंड्ने दिल नै विशाल
जहाँ गए नि शितलै पियारो
आगो सरी सुर्य भयो अँध्यारो ।।५।।

बल्दैछ आगो मन जल्छ भित्र
संसारका प्राणी अति विचित्र
आगो सरी नै किन काम चर्को
गर्नु छ आफैं न उपाय अर्को ।।६।।

आधा भयो ज्यान गरेर काम
कतै हरायो कि भुल्यो कि नाम
साथि बन्यो घाम मिलेर दाता
आगोसरी ठाउँ भयो विधाता ।।७।।

First published : 2014-06-14 15:28:33 +0545

1 thought on “खाडिको आगो”

  1. मेरो लग इन गर्ने युजर एकाउन्ट
    मेरो लग इन गर्ने युजर एकाउन्ट निकालिएको हो कि जस्तो लाग्यो…… धेरै दिन देखि केहि पोस्ट गर्न पाइरहेको छैन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *