• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

भाग्य आफ्नो आफ्नो

Kumaryatri — Fri, 06/20/2014 - 02:37

  • सामाजिक कथा
  • बनु श्रेष्ठ

सुर्यको पहिलो मिठो किरण भर्खरै पृथ्वीलाई स्पर्श गर्दै थियो । चराहरूका सुमधुर स्वरहरूले बिहानीलाई स्वागत गर्दै थिए । म अझै तन्द्रा मै थिए । घर नजिकैको एम्बुलेन्सको चर्को आवाजले मेरो निन्द्रा भङ्ग हुन्छ ।

उफ ! बिहान-बिहानै कस्लाई के भएछ ? म जुरुक्क उठे, झ्यालको पर्दा सरर खोलेर बहिर हेरे । मेमोशा भाउजूको आगनमा मान्छेहरूको भीड देखे । एम्बुलेन्स पनि त्यही रोकियो । म झसङ्ग भए अहो ! के भएछ ? दाइ धेरै पिउनु हुन्थ्यो बिरामी पर्नु भएछ कि के हो?

रमेश दाइ र मेमोशा भाउजू मेरो सामुन्ने घर अगाडिको छिमेकी । तर छिमेकीभन्दा बढी मेमोशा भाउजू मेरी मन मिल्ने साथी, बाँया पट्टी आर्यनको डेरा, उनी बिध्यार्थी अनि मसँगै एउटै अफिसमा काम गर्ने मेरो साथी पनि ।

म हतार -हतार लुगा फेरेर दौडन्छु भाउजूको घरतर्फ गेटबाट भीड छिचोल्दै आगनमा मात्र के पुगेथेँ, मेरा आँखाहरू एउटा बिभत्स दृष्यमा गएर रोकियो । उफ् म सोच्नै सक्दिन । हात-गोडा थरथरी कामेर भित्ता समाई उभिन्छु ।

यतिकैमा मेरी अर्की छिमेकी साथी रस्मीले बोलाइन्, "अलिशा ! तिमी त भर्खर पो आएकी ?"

मैले भने - हो त रश्मी खास के भएको हो ?

रश्मीले भनी - खोइ अलिशा! आर्यन र रमेश दाइ दुवैको लाश रगतले लतपतिएको भेटिएको छ रे! अनि भाउजू पनि बेहोस, सिरियस अवस्थामा हुनुहुन्छ रे केही भन्न सक्ने अबस्थै छैन ।

म केही बोल्न सकिन । छाङ्गाबाट खसे झै हुन्छु । अनि भन्छु - उफ हिजो साझँ त म र भाउजू निकै बेर राम्रै गफ गरेर छुट्टीएका थियौ के यस्तो देख्नु पर्‍यो आज हे भगवान !

यतिनै बेला मेमोशा भाउजूलाई स्टेचरमा हाली भित्रबाट निकालियो । एम्बुलेन्सतिर लादै गर्दा झुलुक्क देखे, उफ रक्तमुच्छेल अनुहार र लुगा पनि ! हेर्न नसकी मुन्टो मोडे अन्तै । मलाई नानीहरूले देखेछन् परैबाट । दौडेर आएर झ्याम्म अङ्गालो हाली रोए । म भनेपछि सधैं पनि हुरुक्कै हुन्थे ।

नानी रुदै बोली - हेर्स्यो न आन्टी बाबा र मामुलाई के भयो?

मैले आँखाभरि आसु पार्दै दुवैको आँशु पुछ्दै च्याप्प समाइरहे । बातावरण कोलाहलपूर्ण थियो । म के गरौ कसो गरौ केही सोच्नै सकिरहेको थिइन । एम्बुलेन्स दौडायो अस्पातल तिर । कसो -कसो गर्दा भित्र झ्यालतिर च्याउन पुगेछु । आङै जिरिङ्ग भएर आयो । उफ आर्यन रक्तमुच्छेल भएर लम्पसार लडिरहेका थिए अनि रमेश दाइ आर्यनको छेउमा उस्तै अवस्थामा । अहो ! कस्तो डर लाग्दो र हेर्नै नसकिने दृष्य !

के भएर यो अवस्था आई पुग्यो ? मेरो मनमा प्रश्नहरूको भेल उर्लियो । म धेरै बेर त्यहा बस्नै सकिन । रमेश दाइको आमालाई नानीहरू जिम्मा लगाई घर फर्के । दिनभरि नै अनुसन्धानको क्रम र सोधपुछ चली नै रह्यो । मान्छेहरूको हो-हल्ला कायमै थियो । त्यहाँ हुँदा धेरैले अड्कल काट्दै कुरा कटिरहेका थिए । काम नहुनेले आज राम्रैसँग काम पाएका थिए ।

खाना खान मन पनि लागेन । लागोस् पनि कसरी ?एक कप चिया मा टाटो मारे भोकलाई । केही गर्ने जागर पनि भएन । राति आँखाभरि बारम्बार तिनै जनाको अनुहार पालै -पालो आइ रह्यो । भाउजू र आर्यनले कुनै कुरा नलुकाइ भन्नु हुन्थ्यो मलाई । जीवनमा भाग्य अनि समयले कहिले, कहाँ के गराउछ कस्ले भन्न सकिने रहेछ र ?आज भाउजूले सुनाउनु भएको आर्यनसँगको पहिलो भेट झल्झली सम्झिदैछु म ।

माइती धरानबाट घर काठमान्डौ फर्किने क्रममा रात्री गाडीमा आर्यन र भाउजूको भेट भएको हो रे ! आर्यन अफिसको काम बिशेषले धरान गएका थिए । भाउजू र नानी साझ बसपार्क पुग्दा बसहरू काठमान्डौ तिर हुइकिने तयारीमा चर्को स्वरमा कोलाहल पूर्ण हर्न बजाउदै गूड्न लागेको रहेछ, ढिला पुग्दा झन्डै छुट्नु भएनछ । आर्यन अघी नै आफ्नो सिटमा बसिसकेका थिए । भाउजूको सिट आर्यनको सँगै परेछ । उनी पत्रिका पढिरहेका थिए । केही बेरपछि पत्रिका बिसाए अनि परिचय भयो । गाडी हुइकियो । उनी बोल्दै जान लागे । धरान निकै मन परेछ । खुब खुलेर प्रसन्शा गरे आर्यनले । मलाई आफ्नो माइती गाउँको तारिफ सुन्दा आनन्द लाग्यो ।

भेडेटार जादा त्यो नागबेली बाटोबाट देखिने धरानको दृष्य आहा ! चिसो अनि बादलुमा लुकामारी खेल्ने भेडेटारको सुन्दर प्रकृति मनै लोभ्यायो, मौका मिले फेरी-फेरी आउने छु । बुढा सुब्बा देखी हरेक कुराको मज्जाले तारिफ गरे । मैले पनि खुब चाख मानेर सुनिदिए । चार कोसे झाडी तिर गाडी हुइकिरहदा, जङगल पातलिएकोमा निकै चिन्ता पनि प्रकट गर्दै थिए । हाम्रो देशको गौरब यो जङगल पनि एक हो भन्दै थिए ।

गाडीमा मलाई मात लाग्ने भएकोले अब म धेरै बोल्न गाह्रो मान्दै थिए । उनले कुरा बुजेछन क्यार नानी उस्को काखमा लिए । म सजिलोसँग बसे । ठाउँ-ठाउमा खाना खान अनि खाजा खाना गाडी रोकिदा हामी सङ्गै भयौ । घरी मलाई कागती पानी घरी चट्पटे त नानीलाई खोइ चक्लेट, बिस्कुट के के किनेर ल्याइरहन्थे । म अचम्ममा परेकी थिए । आफ्नो लोग्नेले कहिले यती ख्याल गरेनन आज एक अन्जान ब्यक्ती आफ्नो भन्दा बढी मानेर हेल्मेलिएको छ ।

रातभरि नै उनी हाम्रो स्याहारमा सुत्न पाएनन् र पनि कत्ति नि झर्को नमानी खटिरहे । मलाई गाडीको दौडाइले मात लागेर म लठ्ठ भै निदाए । नानी पुरै उसैले सम्हाले । बिहानि पख काठमान्डौ पुगियो । अचम्म र सन्जोक पनि कस्तो ?उनी त हाम्रै घर नजिकको डेरामा बस्दा रहेछन । त्यसैले एउटै ट्याक्सिमा हामी घरतिर लाग्यौ । मैले मेरो घर चिनाईदिए उनले आफ्नो । फुर्सद मा कुनै दिन चिया खान आउछु भन्दै बिदा भइ आफ्नो घर लाग्यौ र म पनि । भाउजूले कुरा सक्दा म निकै हासे थे वहाँ अच्म्म मान्दै सोध्दै हुनुहुन्थ्यो - किन यसरी हास्नु भा अलिशा नानी भनेर ? मैले वहाँलाई आर्यनलाई पहिला नै चिनेको कुरा बताएँ । त्यसपछि वहाँ पनि मरी-मरी हास्नु भयो । अब बिचरी भाउजूलाई थाहा होस् पनि कसरी ?

बिहान- बेलुका खाना बनाउ, घरको काम गर, नानीहरूको स्याहार गर, यतिमा दिन बित्थ्यो । आफ्नो घर संसार भन्दा अर्को दुनियाँ हेर्ने फुर्सद कहाँ र उहाँलाई अनि आर्यन पनि आफ्नै दुनियाँमा । कस्लाई कस्को वास्ता हुन्छ र काठमान्डौमा ? सबै आ-आफ्नै ब्यस्थतामा ?को मर्दैछ ?को जन्मिदैछ थाहा हुन्न यहाँ !

धरानबाट फर्केपछिका दिनहरूमा हामी तीन जना प्राय साझ दैनिक गफ गाफ, हासो ठट्टा गर्ने गर्थेयौ । आर्यन निकै राम्रा लक्का जवान पठ्ठो ठिटो, त्यस्तै २५\२६ को म उस्को समकालिन अनि भाउजू अधबैसे ३२\ ३३ को । आर्यन हेर्दै रहर लाग्दा कल्कलाउदो जवानी अनि उसको आफ्नै फरक पनको हाउभाउ र मोहानि लाउने रुपले जो कोहिलाई मोहित गर्नु खासै नौलो बिषय थिएन । म पनि उस्लाई निकै मन परऊथे तर भन्न कहिले सकिन र उस्ले मलाई कहिले त्यो नजरले हेर्दा पनि हेरेन । अलिक रिसाहा तर बुझकी । भाउजू दुई सन्तानकी आमा भए पनि मिलेको शरीर गोरो अनि बान्कि परेकी, हामी भन्दा निकै राम्री दुइ सन्तानकी आमा भन्न नि नसुहाउने, असल सिल्स्वोभाब र शान्त अनि नरम बोली ब्यवहार ।

रमेश दाइ जागिरे भइ कन पियक्कड, तास औधी खेल्ने, बाहिर बाहिर केटीसँग मस्त हुने । बेलुका खुट्टा नटेक्न सक्ने गरी पिएर आउने घर । रमेश दाइले घर आएर कहिले शान्ती नदिने भाउजूलाई । बेलुका दैनिक कुट-पिट र झै झगडा गरेर रडाको मचाउने । भाउजू भन्दा झदै २० बर्ष जेठो रमेश दाइ । ससुरा -बुहारी भन्न सुहाउने तर भाउजूले आफ्नो श्रीमानको बारेमा कहिले सिकायत गरेको पाईन मैले । दाइको रातदिनको कच-कच, कुट -पिट सहेर पनि कैले दु ;ख कही नपोख्ने, दुखको सागर छातीमा लुकाउन सक्ने मेमोशा भाउजू ।

आर्यन पहिला त्यस्ता थिएनन। देश प्रति निकै चिन्तन गर्थे । आफ्नो देशलाई एक दिन स्वर्ग जस्तै हेर्ने उन्को इच्छा थियो। काठमाडौंको फोहोर प्रदुषण देखेर साह्रै चिन्तित हुन्थे र सधै उपाए के होला भनी सोचिरहन्थे । प्रकिर्ती प्रेमी उनी काठमान्डौको फोहोर देखेर निकै चिन्तित हुन्थे ।पछि पानीको समस्या कसरी समाधान होला भनी मसँग प्राय चर्चा गरिरहन्थे तर उनमा आएको एक्कासीको परिवर्तनले म पनि निकै छक्क परेकी थिए ।

आर्यनले जब आफ्नो आँखाले देखे रक्सीमा धुत भै बिना कारण भाउजूलाई पिटेको, त्यस पछीबाट उनी पागल झै हुन लागे । हाम्रो समाजको रुडी बादी कुराको खुब बिरोध गर्न लागे । कहिले काही मेरो घरमा हामी तीन जनाको भेट हुँदा कोमल शरीरमा निल - डाम लुकाउदै केही नभए झै भाउजूले दाइको दोष लुकाउने कोशीस गर्नु हुन्थ्यो । हामीले सोधेमा - लडेर -ठोक्किएको बाहाना सधैं हुन्थ्यो भाउजूको ।

भाउजूले कुटाइ खाएको दिन आर्यन मेरोमा आएर निकै रुन्थे, चुरोट तान्दै आफ्नै हात भित्तामा हानेर आँफैलाई पनि दुखाउथे । भाउजू कुटाइ सहन नसकी चिच्याउदा मलाई गएर छुटाउन भनी पाउ पर्थे म कति पटक छुटाउन जादा दाइको अमिलो र छुरा जस्तो बचनले म जान चाहन्न थे। उनी यो सब हेर्न सुन्न नसकी छट्पटाउडै बट्टाको चुरोट सिनित्त पारी कोठा तिर जान्थे । म राति उनको कोठा नियाल्थे उनी रातैभरि धुवाको मुस्लो सँगै आकाश र मेमोशा भाउजूको घर नियाली रहेका हुन्थे । उनी भाउजूलाई साह्रै माया गर्थे, अनि यस्तो देखेर सुत्न कसरी सक्थे र उनी ।

सायद भाउजूको बिजोक देख्दा उनलाई टिठ लाग्थ्यो । दिनभरि अफिसमा पनि भाउजूको कुरा गरेर कहिले अघाउदैन थे आर्यन, म छक्क पर्थे उनको यस्तो माया देखेर, न कुनै स्वार्थ न कुनै प्राप्ती, निस्वार्थ दिलबाट चाहन लागेका थिए उनले भाउजूलाई । मेमोशा भाउजूको सधैं कुरा गरिरहदा त कहिले काही मलाई पनि भित्र भित्रै जलन नभएको पनि हैन। तर उन्को चोखो मायालाई सम्झी मन बुजाए ।

दाइले पटक्कै वास्ता नगर्ने भाउजूलाई । निर्दयी दाइ रक्सीले धुत भै कुट्दा कति पटक हात भाचिदिन्थे त कति पटक टाउको फुटाइ दिन्थे । आर्यन यो देखेर झनै बिचलित हुन्थे र झन माया मा डुब्न पुग्थे सायद ।

सारा उपाचार गर्न उनी लान्थे भाउजू डराई - डराई जानुहुन्थ्यो । तर उनीहरू बिच शारिरीक् आकर्शण बील्कुलै थिएन । माया न हो जहाँ जोसँग जहिले पनि हुन सक्ने रहेछ । माया गर्न बिहे नभएका केटा केटी नै हुनु पर्छ भन्ने कहाँ हुने रहेछ र ? अनि बिहे हुँदैमा माया पाउने र खुशी हुने यहाँ कति नै पो हुन्छन र ?

आर्यन मसँग भन्ने गर्थे -जिबन भर बिहे नगरी मेमोशा भाउजूलाई माया गर्दै सकेको साथ दिने अनि समाजले तोकेको साईनो मात्र साईनो हैन, उनीसँग मेरो अदृश्य तर मिठो बेग्लै साईनो बनाइ राख्ने छु भन्थे । उनको दु:ख को साथी बन्न सकु, अरु म उनीबाट केही आशा राख्दिन । मैले कति पल्ट त आर्यन तिमी पागल नबन कति दिन तिमी साथ दिन्छौ? यो समाज यो दुनियाँ तिम्रो खिलाप हुनेछ ।

उनी भन्थे -हेर अलिशा मलाई दुनियाँको केही पर्बाह छैन जस्ले एउटा १४|१५ बर्षकी, .. केटीलाई त्यस्तो बाउजस्तो मान्छेलाई सुम्पन्छ, रात दिन यातना दिदा पनि केही नबोल्ने अनि भाग्यमा जे जस्तो भए पनि आफ्नो भाग्य हो भन्दै अर्काको फुल जस्तो जीवन बबार्द भएको हेर्न सक्ने समाज लाई म मान्दिन । उनको खुशी के खुशी हैन ? उस्लाई हासेर बाच्ने के अधिकार छैन ?के गल्ती छ उनको ?पशु भन्दा गएको जीवन जिउदै छिन् । रातदिन को यातना, बहिरी खुशी के हो थाहा पनि छैन बिचरीलाई । उफ ! भन्दै खुइया सुश्केरा हान्दै ठुलो सास फेर्थे उ, रुढी बादी र कुरितिको कुर्लेर बिरोध गर्थे ।

आज तीन दिनपछि भाउजूको होस् खुलेको छ तर कसैलाई भेट्न दिइएन, चार दिनको दिनमा प्रहरिको निग्रानीमा एकैछिन भेट्न पायौ । भाउजूको माइती पक्ष म अनि नानीहरू । उहाँ कोहिसँग केही बोल्नु भएन । प्रहरिको सोध्पुछ र अनुसन्धानपछि केस अदालतमा पुग्यो । भाउजूले आफ्नो बचाउमा केही बोल्न चाहनु भएन । दुनियाँ सब छक्क थिए । ..शंका नै शंका भरिएका थिए सबका मन मा । मैले पनि आफ्नो बचाउमा बोल्न धेरै कर गरे तर उहाँ कसैको एक सुन्ने पक्षमा हुनु भएन । हामी सबै हैरान भयौ । एक महिना सम्म केस चल्यो भाउजूको बचाउ पक्ष कम्जोर देखाउदै आर्यन र रमेश दाइको हत्यको आरोपमा उहाँलाई आजिबन कैद घोषणा सुनाइयो । उहाँलाई जेल लगियो हामी निराश भै घर फर्किन वाध्य भयौ । नानीहरू खुब रोएथे त्यो सब हेर्न नसकी म पनि धेरै भक्कनिन पुगे ।

राती अबेरसम्मा सोचे .। उफ कस्तो मान्छे कहाँ कसरी आज फस्न पुग्नु भो ? रातभरि नै घरि भाउजूको अन्धकार घर त घरि आर्यनको कालो कोठा नियाल्दै बिगतमा हामीले सँगै बिताएका रमाइला पलहरू सम्झिदै आशु झार्दै टोलाइरहे अरु गर्न नै सके र ?

एक हप्तापछि म भाउजूलाई भेट्न गए । मलिन अनुहार कमजोर शरीर, बिचरी भाउजूलाई देख्नसाथ मेरा आँखाहरूमा आसु छचल्कियो । अलिशा नानी मेरो नानीहरू लाई कस्तो छ भनी सोध्नु भयो भाउजूले । म के भनी जवाफ दिन सक्थे ?बा _आमा बिनाको नानीहरूको हाल कसरी बताउन सक्थे र म? कुरा टार्दै भने ठिकैछ भाउजू तपाईंलाई कस्तो छ ? उहाँ केही नबोली मेरो हातमा एउटा कागज थमाएर जानु भो भक्कानिदै । म पनि फर्किए । घर आइ हतार हतार पत्र खोले । पत्र यस्तो थियो।

"बैनी अलिशा ! "

अभागी तिम्रो भाउजूको अबिरल सम्झना । हरेकसँग आफ्नो मनको ब्यथा पोख्न मन लागेन । पोखेर बुझ्ने पनि त हुनु पर्‍यो नि हैन त ? तिमीसँग पनि साचो कुरा नलेखे, दुनियाँको सामु त दोषी भए भए, तिमी र नानीहरूको लागि पनि कलंकित हुनेछु। त्यसैले आफूलाई बचाउन त हैन नानीहरूको आँखामा म गलत थिइन भन्ने कुरा तिमीले बुझाउली भन्ने पूर्ण विश्वास्का साथ् त्यो दिनको यथार्त कोर्दैछु । घट्ना कसरी भयो भनेर सबै भन्दा तिमी अचम्भित भएकी छौ मलाई थाहा छ . ।

''त्यो दिन साझँ म तिमीसँग गफ्गाफ सकी छुटिएपछि घर आएर नानीहरूलाई गृहकार्य गर्न मद्दत् गरी खान पिन गराए र सुताए । काम सक्दा करिब रातको ११ बजिसकेको थियो । दाइ अझै आउनु भएको थिएन । म दाइलाई कुर्दै टिभी हेर्दै स्विटर बुन्दै पर्खिरहेथे । कारीब १२ बजे तिर दाइ निकै पिएर आउनु भएछ । ठुलो स्वोर सुनेर म गेट्सम्म गएर भित्र लिएर आए ।

अलिशा !

तिमीलाई त थाहै छ दाइको बानी । केही नबोली मैले खान पस्किए । तरकारी मिठो भएन भन्ने सानो निहु लिएर भाडाहरू हुर्याउन थालनु भो । मैले छिमेकीहरूले सुन्छन नानीहरू उठ्छन भनी लाख बिन्ती गरे । तर मान्नुको सट्टा झन झन चर्को स्वर ले कराउन लाग्नु भो ।

खोइ त्यो दिन सायद तिमी थाकेर गहिरो निन्द्रामा परेर थाहा पाएनौ होला वा सबैले सोचे होलान् 'यो सधैंको घर झगडा हो ' । एक्कासी दाइले खोर्सानीको धुलो मेरो आँखामा फालनु भएछ । म जलन भै सहन नसकी आतिएर चिच्याउन पुगेछु, पानी, पानी भन्दै ।

रुदै कराए पनि सबैले वास्ता गरेनन ....आर्यन सायद सुतेका थिएनन । "हुनहार हार दैब नटार" मैले गेट बन्द गर्न भुलेछु हतारमा। ढोका पनि खूल्लै रहेछ । आर्यन कसरी आइपुगे म जान्दिन । कहिले मेरो घरको आगनमा सम्म पाइला नराखेका मध्य रातमा त्यसरी मेरो पिडा सुन्न नसकी आए होलान् सायद ।

म अझै भत् भति पोलेर पानी मागिरहेथे । उनले चिसो पानी छ्याप्दिए मेरो आँखामा र दाइलाई भने- 'के गर्नु भएको दाइ यस्तो ?'' उस्को आवाजले म झन डराए, तर्सिए, अब दाइलाई के चाहिन्थ्यो र ?'के निहु पाउ कनिका पकाउ ''भैहाल्यो । बस आर्यन त्यहा आएकोले काम पुग्यो । आर्यनले मलाई धारामा छाडे अनि भन्न लागे - 'दाइ ! के भयो भोली कुरा गर्दा हुन्छ नि ! आज सबै सुतेका छन, किन तमासा गर्ने ?हुन त हजुरहरू को आपसी मामला हो म बिचमा आउन नहुने क्रिपया मलाई माफ गर्दिनु होला। "यती सुने आर्यनको मुखबाट । आँखा धोइ फर्के केही बिसेक भए नि अझै पोल्न छाडेको थिएन ।

हतार हतार भान्सामा छिरे, दाइ चर्किदै हुन्हुन्थ्यो आर्यन सङ्ग र दुइ थप्पड लाएको देखे। अनि आर्यनलाई तिमी गइहाल यो हाम्रो घरेलु मामला हो भने। यति के भन्न भ्याएको थिए, दाइ दौडेर गएर ए तिमीहरूको चर्ती कला त बल्ल आज पो बुजे भन्दै तरकारी काट्ने धारिलो छुरा निकालेर आर्यनलाई जतासुकै प्रहार गर्न लग्नु भयो । म आत्तिए आर्यन रक्तपक्ष भए, रगतको भल देखेर मैले होस् गुमाए ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
You voted 4. Total votes: 220
  • 1260 reads
Tweet facebook

राम्रो लाग्यो । एन्टन चेखवको

एकदेव — Sun, 06/22/2014 - 08:00

राम्रो लाग्यो । एन्टन चेखवको About Love कथाको झल्को पाएँ कथामा ।

एकदेव अधिकारी

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 9 hours ago
  • सानो आग्रह गरे है सर
    2 days 3 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 12 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 3 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 6 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 5 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 6 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • भाग्य आफ्नो आफ्नो
  • हार्दिक अपिल
  • खुशीले हाँस अनुकूल तिमी
  • अभाव र पीडामा बांच्नु पर्दा रुन्छिन् सहिदकी आमा
  • पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
  • ऊ नेपाली
  • छार ह्यूलरी छार बुद्ध केसाईनुन
  • पागल
  • धेरै माया दिंदा रैछन मुटु जोडेर जानेहरू
  • च्यातेर धूजा नपार प्रियतम मायाको चिनो
  • छोरीको जन्मदिनको शुभकामना
  • साथी
  • एक्लो एक्लो महसुस
  • कविता- जिन्दावाद र... मुर्दाबादका नाराहरु,
  • असल मित्र
  • उसो त यहा नानाभाती देखिन्छ
  • तिम्रै लागि रचिएका गीत
  • सुन्दर भूँईफूलहरु
  • बूढो समीको रूख
  • एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ
  • जुवा
  • साली सम्झँदै छु
  • जन्मदिनको शुभकामना तिमीलाई
  • जल्दो मैनबत्ती
  • जन्मदिनको शुभकामना
  • मेरो महाप्रस्थानको यात्रा
  • गयौ
  • न्यायाधार
  • बिस्तारै छायो आँखामा अँध्यारो
  • चोट
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित