Skip to content

सक्दिन सक्दिन अब जिउन


सक्दिन सक्दिन अब जिउन तिमी बिना
सकुँला पानी बिना सक्दिन तिमी बिना
साँच्चै हो साँच्चै हा ढाँट्या हैन सक्दिन तिमी बिना

जति बिर्सुँ भन्छु तिमी झनै याद आउँछ
तिम्रो मुहार झझल्को बनी तड्पाईरहन्छ
डुबेँ म डुबेँ म तिमी सँगै सक्दिन तिमी बिना
सकुँला पानी बिना सक्दिन तिमी बिना

मलाई जस्तै तिम्लाई पनि त्यहाँ त्यस्तै हुँदोहो
तिमी पनि म सँगैको तृष्णा राख्दी हौ
सास रोक्न सास रोक्न सक्छु बरु सक्दिन तिमी बिना
सकुँला पानी बिना सक्दिन तिमी बिना

यामक्षितिज विश्वकर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *