सुडान भित्र डारफर, महिला र गधाको अवस्था
Mohansinghkc — Sun, 06/29/2014 - 17:55
हरेक मान्छेको आफ्नै हेराई, बुझाई, देखाई र भनाई हुन्छन् । कुनै नौलो कुरा भन्न गईरहेको पनि हैन तर किन यो देशमा दुईवटा प्रणीले विषय बस्तु बन्ने मौका वा स्थान पाए ? प्रशस्त बिषय बस्तु हुदा हुदै पनि यी नै छानिनुका पछाडि पक्कै केही न केही त बिशेषता होला नै ।
सुडान :– अफ्रिका महादेशमा भौगोलिक दृष्ट्रिकोणले सवै भन्दा ठूलो देश सुडान हो, यस देशको क्षेत्रफल २, ५०५८, ८१३ वर्ग कि.मी मध्ये डारफरको मात्र ५०३, १८० वर्ग कि.मी. रहेको छ ।
यो देश मुस्लिम बाहुल्यता भएको देशहो र यहाको भाषा अरविक हो । हाईस्कूल तहमा गएर मात्र यस देशमा अग्रेजी पढाई हुने गर्दछ जसको कारण उच्च तहका विद्यार्थीहरूमात्र अग्रेजी बुझ्दछन् । जो कोहीले अग्रेजी बुझ्दैनन र ग्रामीण क्षेत्रमा त भनै बुझ्दैनन । यहाँ शेरिया कानून लागु रहेकोछ, जुन हाम्रो देश र अन्य क्रिस्चियन बाहुल्यता भएका देशमा लागु भएका वा बेलायत, अमेरिका, जर्मन तथा क्यानाडा जस्ता विकसित देशमा लागु भएका कानून भन्दा फरक कानून हो । यस कानून अनुसार पुरुष प्रधान मानिएको छ, महिलाहरू धेरै पछाडि छन् । समानुपाति प्रकारको अवसर छैन । शहरका शिक्षित महिलाहरूमात्र जागिर पाउछन् र शिक्षित पनि छन् तर अधिकतर ग्रामीण महिलाहरू अशिक्षित छन् र कतिपय महिलाहरू त अरविक भाषै पनि बुझ्दैनन । उनिहरूको आफ्नै स्थानीय जातीय भाषा मात्र प्रयोग गर्दछन् यसो हुनु को प्रमुख कारण पनि त शिक्षा नै हो । शेरिया कानून अनुसार चोरी गर्नु पाप मानिन्छ र त्यस्ता चोरी गर्ने अपराधीलाई अवस्था हेरी हात काट्ने सम्मका सजाय दिईन्छ । छोरो मान्छेले चार जनासम्म केटी विवाह गर्न अल्लाहले दिएको बताउछन् । तर समान व्यबहार गर्न पर्छ भन्ने शर्त राखे पनि व्यबहारमा कमै पाईन्छ । परिवार नियोजन भन्ने शव्दै छैन । जति जन्मे पनि अल्लाहको वरदान मान्छन् । तर हाम्रो देशमा सुर्खेत, लाटीकोईलीकी मुस्लिम महिला खैरुन नीसा ३८ (५ कक्षासम्म पढेकी) ले परिवार नियोजन साधन प्रयोग गरेर तथा परिपारनियोजन गरेर अल्लाहलाई च्यालेन्ज गरी २०६७ की बर्ष महिला भएकी छिन् । त्यस कारण त्यहा जनसख्याको बृद्धिदर बढ्दो छ । एक परिवारमा कति जना छोरा छोरी छन् तिनका नाम ती बाबु बनेकालाई पतो हुदैन । तर नामाकरण गर्दा हजुरबाबु, बाबु को नाम जोडेर राखिएकोले आफ्नो सन्तान हो भन्ने जानिन्छ । गन्ती कति हो भनि सोध्यो भने होला ३०-३२ जना भन्छन् । नाती नाततिनाको त नाम र संख्या नै कता हो कता । तर परिवारको नाम र बाबु—आमाको नाम भने थाहा हुने नै भयो । मुसलमान समाजमा कुरान धर्म लागु हुन्छ र सो धर्म अनुसार मध्यपान (मादक पदार्थ) सेवन गर्नु निषेध मानिन्छ । तर धार्मिक रुपमा बन्देज भए पनि शहरहरूमा लुकी छिपी बेच्ने र क्रिस्चियन मूलका मानिसले सेवन गर्ने गरेको पाईन्छ । कुनै हराएको वा चोरएको बस्तु फेला परेमा सम्बन्धित माल धनीलाई कुरान छुवाएर यकिन गरेपछि फर्काईन्छ । तर प्रहरीमा उजुर परेपछि वा मुद्धा दायर भएमा प्रहरीले उक्त हराउने र फेला पार्ने दुवै पक्षलाई राखेर उम्दा (मुखिया) मार्फत केही धार्मिक शव्दहरू कुराबाट उच्चारण गरी उम्दाले मालधनीलाई हात समाएर कुरानलाई छुवाएर पढेपछि मात्र साही कुरा उल्लेख गरी हस्ताक्षर गराउछन् र फर्काउने काम हुन्छ ।
त्यसकारण देशमा एकप्रकारको अदृश्य शक्ति छ भन्ने विश्वास गरी धर्ममा पनि दैनिक पांच पटक अल्लाहको प्रार्थना मस्जिदमा गएर गर्ने गर्दछन् । हरेक गाउँमा एउटा मस्जिद अनिवार्य बनाएकै हुन्छ आफू बस्ने घर बरु झुप्रो भए पनि प्रारर्थनागर्ने मस्जिद पक्कि बनाएको हुन्छ । यसले पनि धामिर्क आस्थाबारेमा जनाउद छ ।
विहान प्राय ०६०० बजे प्रार्थनागर्नु छ भने ३० मिनेट पहिला हरेक गाउँमा माईकिङ्ग हुन्छ अनि पुन अर्को १५ मिनेट भित्र माईकिङ्ग गरिन्छ । अर्थात पहिलो जनाउले उठ्न र तयार हुन दोस्रोले मोस्कमा पुग्न जनाउ गर्छ । धर्मको बोझ पनि अशिक्षित समाजमा बढी लादिएको हुन्छ । हुन त धर्म एउटा अनुशाासनमा राख्न र अदृश्य शक्ति छ भन्ने मानव समाजमा विश्वास र आस्ता जगाउन गरिने नियतिपन पनि हो ।
शेरिया कानून (जुन कुरानमा आधारित रहेकोछ) इस्लामहरूको धार्मिक पुस्तक हो । र यसैसँग मोहम्मद र धार्मिक गुरुले भनेका कुराहरू सुन्ना, जियाद, जिम्मा आदि जस्ता कुराहरूको व्याख्या पनि रहेकोछ । यो कानून दुई भागमा बिभाजन गरी १) पूजागर्ने तरिका २) मानव आबद्ध व्यकहारहरूका बारेमा बताउदछ । सुडानको न्याय पद्धति दुई शाखामा विभाजित छ क) सिभिल शाखा जसले अधिकतम मुद्धाहरू हेर्दछ भने ख) व्यक्ति र परिवार शाखा यस मा सर्वोच्च अदालत, पुनरावेदन अदालत र मुख्य अदालतहरू लगायत मजिस्ट्रेट अदालतहरू हुन्छन् ।
यहा अपराध अदालतका नामले विभिन्न ८ प्रकारका अदालत छन् जसमा ४ तह हुन्छ । यसकानून अनुसार सजाय दिने तरिकाहरूमा क) आजीवन काराबास २० बर्ष ख) देश निकाला ग) प्रतिशोधात्मक ठूलो सजाय घ) क्षतिपूर्ति भराई दिने ङ) थप पून सजाय च) ज्यान सजाय, मृत्यु दण्ड ज) हात गोडा काट्ने झ) कोर्रा लगाउने । उदाहरणकालागि यदि कुनै सुडानीले सार्वजनि स्थलमा मादक पदार्थ सेवन गरेमा वा लागु औषधी प्रयोग गरेमा ४० कार्रा लगाईने छ, नमार्न, घाईते नबनाउने तर उसलाई नतमस्तक पार्ने र सख्त चेतावनी दिने यदि त्यस्तो गल्ती पुन नदोहर्याउन लगाउने हो । दोहर्याएमा बढीमा १ बर्ष जेल सजाए हुन्छ । बेश्यावृति गर्नेलाई देशभित्र फरक प्रचलन रहेको छ, अरवी मूलमा भने झुण्ड्याईने, ढुङ्गाले हान्ने भन्ने छ । यदि महिला विवाहित छ भने १०० कार्रा लगाउनु पर्ने, जो अविवाहित छ उ जेल जानु पर्ने हुन्छ । यदि चोरी गरेमा हिलोपटकलाई दाहिने हात काटिदिने र दास्रो पटक भए ७ बर्ष जेल सजाय दिने । मादक पदार्थ वेच विखन गर्नेलाई अधिकतम १ बर्ष को सजाय र मादक पदार्थ नोक्सान गर्ने भन्ने छ ।
विवाहको बारेमा कानूनमा उल्लेख छ — एक मुस्लिम अविवाहित केटाले अविवाहित मुस्लिम केटी वा गैह्र मुस्लिम केटी विवाह गर्न सक्दछ । महत्वपूर्ण कुरा के छ भने पत्नीको सख्या एउटा मात्र निश्चित हुन्छ । तर जहाँ जनसख्या थोरै (सामन्य भन्दा) वा युद्धका बेला ४ बटीसम्म राख्न सक्ने । तर समान व्यबहार गर्नु पर्ने भन्ने रहेको छ यसै कुरालाई आधार मानेर पुरुषले ४ वटीसम्म विवाह गर्न छुट रहेको भनी व्याख्या गर्दै आएको पाईन्छ । तर बास्तवमा कुरानले त्यसो भनेको छैन कारण देखाएको छ । विधवा वा सम्बन्ध विच्छेद गरी बसेकीलाई अविभावकले उसको इच्छा विपरित विवाह गर्न सक्ने छैन । सम्बन्ध विच्छेद गर्न चाहने केटाले ३ महिनासम्म केटी गर्भवती छैन भन्ने यकिन भएपछि मात्र सम्बन्ध विच्छेद लिन सक्ने छ । यदि पतिले ३ पटकसम्म वैधानिक विच्छेद लिएमा पुन राख्न सक्ने छैन, पत्नीले अर्को विवाह गर्न सक्ने छ । यस्तो अवस्थामा कम्तीमा पूर्व पतिबाट ६ महिना जीविकोपार्जन हुने गरी क्षतिपूर्ति भराईने छ ।
पुरुषलाई जति महिलालाई स्वतन्त्रता छैन – छोरा मान्छे सानै उमेरदेखि खुलारुपमा हिड्न, घुम्न जान सक्छ, मोस्कमा जान सक्छ । तर छोरी मान्छेले सानै उमेरदेखि टाउको ढाक्नै पर्छ र प्राथमिक तहसम्म सहपाठी हुन्छ निमावि तह देखि छोरी मान्छेका लागि छुट्टै विद्यालय बनाईन्छ । प्राय एक्लै हिड्न पाईदैन । शुक्रबार मात्र यदि अलग्गै मोस्क भए मात्र प्रार्थना गर्न जान पाईन्छ । अन्यथा घरैमा छोरी मान्छेको कोठैमा प्रार्थना गर्नु पर्छ । यहा नेर उनीहरूको भनाई र अन्य धर्मालम्बीहरूको सोचाईमा फरक छ । अन्य धर्म, जस्तो हिन्दू नै भनौ छोरी मान्छेलाई झन बढी सहुलियत र खुलापन छ, जस्तो तीजमा पशुपतिमा छोरा मान्छे जान पाईदैन । उनीहरूमा छोरा मान्छेले छोरीमान्छेलाई हेर्न पनि राम्रो मानिदैन । झन विदेशीले हेरे बोलेको थाहा पाएमा त मार्न तयार हुन्छन् । त्यसकारण मुस्लिम देशहरूमा पुरुषहरूले पनि घुडा मुनिसम्म कपडा लगाउनु पर्छ । छोरी मान्छेले त माथिदेखि तलसम्म कुर्कुच्चा छोपिने गरी लगाउछन् ।
तर क्रिस्चियन समाजमा त्यस्तो छैन पूरै स्वतन्त्रता दिएको छ । सुडानको जुवा पनि यसको एक उदाहरण हो । अफ्रिकामहादेशकै अर्को देश लाईबेरियामा १५ बर्षसम्म लडाई भयो र सन् २००३ मा आएर युद्ध बन्द भएको थियो । धेरै मान्छेले सहादत प्राप्त गरे । तर पनि जबर्जस्ती करणी, बिष सेवन, झुण्डिएर आत्मा हत्या गर्ने जस्ता मुद्धा पाईदैनन कारण त्यहा कृस्चियन प्रभावी मुलूक हो र स्वईच्छिक रुपमाछोरी मान्छे जो कोहीसँग बोल्न, बस्न हिडन र मन पराएका व्यक्तिसँग विवाह गर्नसम्म छुट छ । अविभावकलाई त्यस्तो रोक्ने अधिकार छैन ४/५ वटाबच्चा भएपछि पनि बिवाह गर्ने मिल्ने र बिवाहित पतिले उक्त बच्चा स्विकार्न पनि सक्छ, अस्विकार्न पनि । क्रिस्चियन, मुस्लिम र हिन्दू संस्कारमा आ–आफ्नै परम्परा रही खाएको छ ।
एउटा क्रिस्चियन केटाले जो कोहीलाई पनि स्वईच्छित विवाह गर्न सक्छ भने मस्लिमसमाजमा भने केटाले मुस्लिम वा गैह्र मुस्लिम केटी विवाह गर्न सक्छ । तर हाम्रो धर्म अनुसार हिन्दु नै केटा/केटी विवाह गर्न उपयुक्त मानिन्छ ।
क्रिस्चियन केटी जो कोही सँग विवाह गर्न सक्छे । तर मुस्लिम केटी मुस्लिम वाहेक अरु केटासँग विवाह गर्न सक्दिन । यहानेर पनि मुस्लिम पुरुषलाई छुट र महिलालाई वाध्यात्मक छ । तर हिन्दु धर्ममा केटी मान्छे पनि हिन्दुसँग नै विवाह गर्न उत्तम मानिन्छ । यस अर्थमा क्रिस्चियन धर्म ज्यादा उद्धार मुस्लिम कठोर र हिन्दु धर्म औषतमा देखिन्छ ।
यी त भए सामन्य कानूनी र प्रचलनका कुरा तर अव केही किन शीर्षकले यो बिषय छान्यो भन्ने सन्धर्भमा कुरा कोट्याउ, डारफर गधा र महिला – भनिन्छ नेपालको तराई क्षेत्रमा गोरु र घोडा भएर जन्मनु नपरोस यसको अर्थ व्याख्या गर्न जरुरी छैन । सुडानको डारफर अरु खास गरी अविकसित क्षेत्र गाउ वस्तीमा गधावाट धेरै काम लिईन्छ ।
(क) यात्राका साधनका रुपमा ३०/४० किलोका वजनका पोका र महिला वा पुरुष त्यस पोका माथि वसेर एक स्थानवाट अर्को स्थान सजिलै जान/आउन प्रयोग गरिन्छ । एउटा गधामा वच्चा २/३ जनासम्म चढेर हिड्ने गरिन्छ ।
(ख) ८०/९० किलो सम्मका भारी वोकायर यात्रा गर्न गधा प्रयोग गरिन्छ, अधिक्तम डारफरियन सँग गधा पालेकै हुन्छ ।
(ग) पानी ओसार्न – मरुभूमि भएको कारण जहातहि पानी पाईदैन गाउँमा १/२ वटा जमीनवाट वोरिङ्ग गरी निकालेको पानी मेशिन वा मान्छेद्धारा चलाएर निकाल्ने गरिएको हुन्छ । त्यस कारण हरेक घरवाट पानी लिन गधामा चडेर महिलाहरू नै पानी भर्न जाने गर्छन । आजभोली विस्तापित (क्ष्म्एक् –क्ष्लतभचलबििथ म्ष्बउबिअभम एभयउभि) हरूले पनि गधाको प्रयोग गर्दछन ।
(घ) खेतीवारीका अन्न–पात ओसार्न खास गरी वदाम र जुनेली प्रकारको अन्न हुन्छ र त्यसलाई घरमा भित्र्याउन गधा र उटको प्रयोग गरिन्छ । खेती वारीमा पनि महिलाहरू वढी देखिन्छ ।
(ङ) दाउरा धाँस – नेपालको चितवन जिल्लाका जंगल नजिकका वस्तीहरूबाट, बारा जिल्लाका निजगढ वजार का महिला + पुरुष, त्यस्तै अन्य तराईकाबन नजिक रहेका गाउँघर तथा शानाशहरहरूमा दाउरा–घाँस ओसार्न जसरी साईकलको प्रयोग गर्दछन त्यसरी डारफियनहरू गधाको प्रयोग गर्ने गर्दछन फरक एउटै छ मान्छेले दुई चार वटा गधा प्रयोग गर्न सक्छन । तर साईकल १ जनाले एउटा मात्र
(च) साना–साना वालकले पनि आफन्तकहाँ जान आउन वा एक स्थानवाट अर्को स्थानमा जान गधा प्रयोग गरेको पाईन्छ ।
यी तथ्यहरूले यही जनाउद छ कि डारफरमा गधा र महिलालाई कुनै दिन पनि सामन्यतया विदा हुदैन किन भने पानी ओसार्नै पर्छ र घास–दाउरा गर्ने पर्छ त्यसबाहेक आफ्ना साना साना नानीहरूको हेरचाह त छदैछ, त्यति हुदा हुदै पनि युद्धका कारण विद्रोही हरूले महिलालाई कलत्कार गर्ने, हैरानी पुर्याउने, अपहरण गर्ने पनि अर्को जटिलता हो यहाँको । के महिला हुनुनै अभिशाप हो त ? बहूबिबाहको मारमा उनीहरूनै पर्नु पर्ने, बढी काम पनि उनीहरू नै गर्नु पर्ने, घरको सम्पूर्ण काम पनि उनीहरूनै गर्नु पर्ने, खेती पाति पनि उनीले सहयोग गर्नु पर्ने, यहासम्म कि खेतीमा गदाजोत्ने काम पनि गरेको पाईन्छ, जुन घरमा पुरुष छैन सवै जसो काम महिलाबाट हुन्छ र पनि यिनीहरू नै बलत्कारमा पर्छन । हेप्पिन्छन, हैरानीमा पर्छन । जव कि महिला विनाको समाजको कल्पना पनि गर्न सकिदैन, एउटा अभिन्न पाटोको रुपमा रहेकोछ, हाम्रो सस्कारमा पनि महिलालाई रथको दुई पाङ्गग्रा मध्येको एक पाङ्गग्रा मानिएको छ भने यहाको अवस्था यस्तो हुनु कारण क होला त? पहिलो कारण त यहाको शेरिया कानून हो, जुन माथिकै उदाहरणबाट पनि ज्ञात हुन्छ पुरुष प्रधान देश भएकोले महिलामाथि शोषण बढी छ, अर्को हो संस्कार, अर्को हो शिक्षा, आर्को हो जागरुकता, अर्कोहो धर्म (कुरान), अर्को हो छिमेकी मुलूक तथा अन्य धर्ममा भएको प्रचलबारे अनभिज्ञता, यी प्रमुख कारण हो । महिला हसनु नै अभिशाप हैन तर उनीहरूलाई जसरी हाम्रो पनि शहरइतर पिछडिएको क्षेत्रमा अझै पनि छारीलाई पढाउन हुदैन, अर्काको घरमा जाने जात भनेर पक्षपात र संकीर्ण बिचारधारा रहेको छ त्यो भन्दा धरै गुणा अधिक यस्तो संस्कार डारफमा पाईन्छ ।
छोरा मान्छेले छारी मान्छेलाई मन पराएपछि बाबु आमा वा गार्जनकहाँ माग्न जानु पर्छ र धेरै पैसा खर्च हुन्छ । त्यसैले पैसा हुनेले धेरै बिवाह गरेको र गरीवले उमेर पाको हुदासम्म बिवाह गर्न नपाएको पनि उदाहरण पाईन्छ यहाँ । साना साना व्यपार गर्नु पनि महिलाहरूको अर्काे पेशा हो । पुरुषहरूचाहि के गर्छन त यहा भन्ने जिज्ञासा आउन सक्छ, यहाका पुरुषको मुख्य काम खेती, व्यपार, गाडी, घोडा चलाउनु, अनि एउटै झुण्ड भएर गफ–गाफ गर्नु, बिहान, दिउसो, साझ, बेलुका मोस्कमा प्रार्थनागर्न जानु, राजनैतिक चासो राख्नु, जागीरमा जानु । पुरुषको एउटा राम्रो पक्ष भनेको सामन्यतया मादक पदार्थ सेवन गर्दैनन, त्यसैले प्राय खाना घरमै खान्छन जसले गर्दा परिवारमानै खाना खानु पैसा बचाउनु पनि हो र मादक पदार्थको सेवन नगर्नाले शरीर र अर्थ दुर्व बचाउन सकिने नै भयो । बरु उनीहरू समूह–समूहमा भोज भतेर भने खाई रहन्छन । मान्छे मरेमा उट अनिवार्य काट्नु पर्छ र उटको मासुकापरिकार बनाएर एउटा ठूलो भाडोमा राखेर एकैठाउमा बसी हातले निकालेर खान्छन् तर यस्तो दुखःत भोजमा पनि महिलाहरूको छुट्टै भोज हुन्छ ।
पशुपालनमा चाहि महिला पुरुष दुवै जना जाने गरेको पाईन्छ ।
लवाई खुवाईमा खासै सजिएको पाइदैन ता पनि रमादान जस्तो १ महिना लामो पर्वमा सूर्य उदाउनु पूर्व र सूर्य अस्थाएपछि मात्र खाना खान्छन । सकिने दिन नया लुगा पहिरन्छन् यो तीन दिनसम्म चलि रन्छ र नाच गान पनि हुन्छ । यहाँ कुनै खुशियालीमा फारिङ्ग गरेको आवाज सुनि रहन पाईन्छ । डारफरको ठूला शहर भन्नाले अल्फासेर, न्याला र अल्जेनिना हो त्यस बाहेक कूलबुस, गे्रडा, मुहजेरिया, शेरिया, अल्डाईन, उमकदादा, ताविल्ला, जालिन्जे, जस्ता शहर छन् । जमिन प्रशस्त भएकोले एक स्थान बाट अर्को स्थान जान डोमेस्टिक हवाईजहाज नै प्रयोग गर्नु पर्ने हुन्छ वा गाडीमा हप्तौलाग्न सक्दछ । एक मौसम मात्र खेती हुन्छ त्यो हो वर्षायाम अन्यथा जमिन सुख्खा र बालुवाले भरिने भएकोले केही उत्पादन हुदैन, मात्रै पशुचरणकालागि पोथ्रा पोथ्री बुट्टयानहरू मात्र पाईन्छन् । अधिकतम मानिस गरिव र दयनीय अवस्थाका छन् । त्यसमा पनि झन महिलाको अवस्थाको बारेमा वर्णन गरि सकिएको छ त्यही सुडानको राजधानी खार्तुम हेर्दा लाग्दछ युरोपकाकुनै सव्य शहर हो । चिल्ला– चिल्ला गाडी महिला पुरुष दुवैले चलाउने सुकिला लुगा र अत्तर हालेर शैयर गर्छन त्यही देशका कुनै कुनाका मानिस राम्ररी खान पनि पाउदैनन, शिक्षा, स्वाथ्य, रोजगार तथा मानवअधिकारको त कुरा धेरै टाढा छ तर पनि मानिस त हुन सवै सुडानी त हुन नि यसै कारणले अन्यदेशबाट आएका अरवमूलका गोराजातिका सुडानी र त्यहीका स्थानीय कालाजातिका नोम्याडसहरूवीच बर्गीय जातीय शत्रुता भएर युद्ध भएको हो । अव अवोला पशू गधाको कुरा गरौ, आखिर प्राणी त हो नी । त्यसको पनी त आराम गर्ने, मिठो खाने, शितलमा बस्ने इच्छा त होला तर दिन भरी लादिएको लादिये हुन्छ । पछाडिका खुट्टा सुकेर दुवै घुडा अल्झेर घाउ हुन्छ तर भारी भोक्न छोडाईदैन । नबुझ्ने मानिसहरूको कहावत रहेको छ गधालाई भारी पुगेन भने रुन्छ रे तर म प्रश्न गर्न मन लाग्छ कि त गधा भएर जन्मनु पर्यो कि सुडानमा गएर अवस्था बुझ्नु पर्यो गधाले भारी नपुगेर रुदो रहेछ कि बढ्ता भएर सुक्दो रहेछ । हो एउटा कुरा गधाको अनुहार कहिले पनि हसिलो देखिदैन चाहे भारी बोकेको अबस्था होस चाहे खाली अवस्था जहिले पनि झोक्र्राएको देदिन्छ । तर त्यो प्रकृतिले नै होला उ खुसी देखिदैन, यसो भन्दैमा मानवले गर्नु नगर्नु त गर्न नहुने हो नि, बालक देखि बृद्धा सम्मले प्रयोग गर्छन गदालाई साह्रै सोझो प्राणी मानिन्छ, बालकहरू त्यतिकै झुण्डिरहेका हुन्छन् यसमाथि कुने प्रतिकृया, भन्नाले उफ्रने लडाउने गर्दैन जहा जान भन्यो लुरु लुरुत्यही जान्छ मानौ उ यस धर्तीमा आउदा नै मानव सेवागर्न भनेर आएको हो । मानवले यतिसम्म गर्छन कि गर्भिणी गधीलेसम्म सुख पाउदिन भारी वा मानिस बोकेर आवत जावत गर्नै पर्छ कतिसम्म दारुण अवस्था यी धगा – धगही को ।
मानिस वा पशु आखिर प्राणी त प्राणी नै हो नि ? हाम्रो समाजमा अहिले छोरा छोरकिो विभेद हटाई सकेका छौ वा हटाउने तरखरमा छौ शिक्षित समाजमा त हटिनै सक्यो छोरा वा छोरी एक हुन र एक सन्तान ईश्वरको बरदान भनेर भन्छौ तर सुडानमा त्यो दिन कहिले आउने हो । गधालाई पानी बोक्न वा भारी बोक्न लगाउदा मरी मरी डल्लो परेरे गाडा तान्नु पर्र्छ त्यो पनि बालुवा मा कति गाह्रो हुन्छ, कुनैकुनैले त अझ त्यस्तो समस्था परेको र शरीरलाई कस्ट भएको बेलामा उल्टै कोर्रा लगाउछ, अनि सोचौ त त्यसलाई कति कस्ट होला? गधा कहिल्यै पनि खाली हिडेको पाईदैन कि त भार िबोकेको हुन्छ हैन भने मानिस बोकेर हिडेको हुन्छ । नेपालमा पनि गधा नदेखेको वा नजानेको पशु हैन तर त्यति शोसण भने हुदैन खान बस्न राम्रो प्रबन्ध गर्छौ पशुले खोज्ने पनि त्यही हो र गर्भ भएको वेला मासिलाई कति कष्ट हुन्छ पशुलाई पनि त्यतिनै कस्ट हुन्छ भन्ने सोच आउनु पर्छ । संसारमा मानिस विवेकशील र क्षमाशील प्राणी मानिन्छ मानिसले नसोचे कसले सोच्दछ यी अवोला प्रणीका बारेमा ? हिन्दु धर्ममा मान्यता रहिआएको छ यो लोकमा धर्म गरे परलोकमा पनि मुक्ति पाईन्छ भनेर र यो लोकमा पाप गेरे नरक परिन्छ भनिन्छ त्यसकारण नरक भनेको नै यस्तै गधा, घोडा रागोको जन्म त हैन भन्ने सोच पनि एका तर्फ प्रवल छ, हुन त कुनै न कुनै रुपबाट यी प्राणी को जन्म पनि हुनु जरुरी छ किन भने इको शिस्टममा बैलेन्स गरेर संसारमा ईश्वरलाई राख्नु पर्ने हुन्छ तर त्यसो भन्दै मा अति गर्ने अधिकार चाहि कुनैलाई पनि छैन भन्नु उपयुक्त होला यहा । यतिसम्म भनुकि कुनै मेशिनलाई पनि आराम चाहिन्छ भने पशु र मानिसको त कुरै छोडौ, त्यसकारण चाहे यहाका महिला हुन चाहे गधा नै किन नहोस खाना र आरामको बारेमा र गर्भीणी र विरामी भएको बेलामा राम्रो हेर विचार गर्ने र एउटा दया र विवेकको दृष्टिले व्यवहार गर्ने हो भने पनि यस्तो अवस्था आउदैन भन्न सकिन्छ ।
- 1610 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
7 sec ago - Reply to comment | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
25 sec ago - Reply to comment | मझेरी डट कम
30 sec ago - Reply to comment | मझेरी डट कम
41 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
49 sec ago - Reply to comment | मझेरी डट कम
50 sec ago - Reply to comment | मझेरी डट कम
50 sec ago - Reply to comment | मझेरी डट कम
1 min 11 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- विद्यार्थी हुँ म
- कुकुर
- समयकाे धुन
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- तिम्रो प्रेम वियोगमा
- अझै बल्झीदै छ घाउ
- अनेसास कोलोराडोको नियमित कवि गोष्ठी सम्पन्न (२०११, अक्टोबर) तथा १०२ औँ लक्ष्मी जयन्ती
- खहरेको भेल-रहेछ
- हुन्न अरे मेरो लाशमा छुन पनि उन्ले
- मन कार्यशाला
- भन तिमीसँग के बाँकी रहन्छ ?
- सस्तो ताली (चार मुक्तक)
- मेरि हजुरी ,,,,अर्थात मुखिनी बजै !!!
- ढुङ्गा पनि फूल सम्झी उनेको छु मैले
- बलात्कृत आमा
- पर्वका परिकार (माघे संक्रान्ति)
- झरेर गए ती दुई तारा
- निर्देशक हो मन
- सौगात के दिउ खै हरजन्म राख्न तिमीलाई
- आजको सपना
- आध्यात्मिक विकासमा आर्थिक विकासको हात
- हो गयी लाल
- गजल बनी लेखिन्छ चोट्
- सामाखुसी साहित्य समाज र रेडियो अडियो एफ.एम. १०६.३ को द्वैमासिक साहित्यिक कार्यक्रम सम्पन्न
- संस्कार, सुन्ने र पढ्ने
- निर्माता
- राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति
- आँसु
- पद्यान्तरको भूमिका
- तिमी बिना
- बाबु र छोरा
- शान्ति छरेको देशमा
- फूलको आँखामा
- को असा हन्ना.... (गीत)
Post new comment