Skip to content

तीन मुक्तक (गोधुली साँझ ढल्किएपछि)


गोधुली साँझ ढल्किएपछि रात हुन्छ
अन्ध विश्वासमा बढी बिश्वास घात हुन्छ
छोरीमा अगाध हुन्छ आमाबाबुको श्रद्धा
छोरा पराई हुनुमा बुहारीको हात हुन्छ ।

कपडामा नैंनसुट जस्तो भलाद्मी कोरा हुदैन
हात्ती जस्तो शालीन र बुध्दिमान घोडा हुदैन
छोरी जन्म्यो भनेर चिन्ता नगर प्रिय
बाबुआमाको लागि छोरी जस्तो गुनी छोरा हुदैन ।

गोरी भनेर झुत्ति खेलेथ्यौ मोरी भो राम्रै भो
सुनको गहना नलगाऊ भन्थें चोरी भो राम्रै भो
आफ्नै भबिष्य देख्न नसक्ने ज्योतिषको हुतिमा लागेर
छोराको आशमा भलिबल टिम छोरी भो राम्रै भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *