Skip to content

रुपसी नजरमा तीर भो !


रुपसी नजरमा तीर भो !

तिमी राम्री छौ ! म हेरिरहन्छु
हिस्सि तिम्रो, म केरिरहन्छु
छुनु हुन्न रे सुन्दरता !
म नयनपानमा, घुरिरहन्छु

गर्छु बखान गाजले आँखाको
मर्काई ! बारुले कम्मर को
लचक चाल र, मनमोहक हाल
ती अङ्ग-अङ्गको, रौनकको

गीत मधुरता
चंचल चपल्ता
परी बान्की
पुतलीसरीका !

बदन कोमल
यौवन भरपुर
मधुरता सरोबर
हृदय सल्बलाई

भावबिभोर भो
चित्त हरण भो
बताउँ कसकन्
यो ! सम्मोहन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *