Skip to content


जब
आफ्नो दफ्तरमा म
देख्दछु त्यो फुच्चेलाई
लाग्दछ
अहो ! यसले पनि पढ्न पाए
आज हामीजस्तै
फाइल पल्ट्याउँथ्यो होला
न कि
त्यो दफ्तरमा पोछा र झाडु
सोच्दछु
दुखि छ होला ऊ पनि
मैले सोचेझैँ
त्यो काम गर्नमा
दाज्दछु
आफूलाई जब म
ऊ सँग
म पनि कहाँ खुसि छु र!
अनि लाग्दछ
हामी दुबै निरिह छौँ
तर
मेरा सारा सोचमा
जब भुइमा पोछा लगाउदै
पनि खन्याईदिन्छ

जब मेरा अगाडि आएर ऊ
मुसुक्क मुस्काइदिन्छ
सोच्न बाध्य हुन्छु म
सबथोक भएर नि खुलेर हाँस्न नसक्ने
निरिह
ऊ कि म

जब
त्यहि गल्लिबाट म
गुज्रन्छु रातमा
सदैब
देख्दछु त्यहि रिक्सा चालकलाई
लाग्दछ
कति दु:खी छ ऊ पनि
त्यहि गल्लि मा सुत्छ
रुखा सुखा खान्छ
तर
म पनि कहाँ खुसी छु र!
मसिनो चामल खाँदा
मच्छड नलाग्ने ओछ्यान मा सुत्दा
तर पुनस्च:
मेरा सारा सोचमा
ऊ पनि पानी खन्याउन
तमसन्छ
बतासिन्छ म भन्दा छिटो
आफ्नै बेगमा

मेरै अगाडि आएर
मुस्कुराउदै गुन गुनगुनाउदै
सोच्नलाई बाध्य हुन्छु म
सबथोक भएर पनि
निपर्वाहा गाउन नसक्ने
निरिह
ऊ कि म ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *