हामी भाले र पोथी सँग स-ग गुँडमा भव्य प्रासाद ठानी।
पानी होस् ! घाम जे होस् ! प्रकृति कठिनता हुन्छ सामान्य ठानी।
वस्छौं ! सानन्द उड्छौं क्षितिज यहीभरि ! दूर थाहा कहाँ छ ?
आफ्ना प्यारा वचेरा पनि सँग यदि छन् ! लाग्छ – यो विश्व हाँस्छ !
(१)
हाम्रो पारा छ आफ्नै ! अलिकति मनको सोच ! आफ्नै छ दृष्टि !
को वैरी ! को विरानो ! वर पर सव नै लाग्छ यो भव्य सृष्टि !
छौं ज्यादै मख्ख आफैं ! छिन दिन महिना वर्ष थाहा कहाँ छ !
वित्छन् ! वित्लान् ! युगौं नै ! सँग सँग गुँडमा हुन्छ थाहा कहाँ र !
(२)
छन्द- स्रग्धरा
दैनन्दिनी (२०५७ ) २०५७ -१२ -९
चूडा मणि रेग्मी