Skip to content

तिमी पिपल म बर हुँदा कस्तो होला

  • by


तिमी पिपल म बर हुँदा कस्तो होला
तिम्रो नाममा मेरो थर हुँदा कस्तो होला

मेरै नामको सिन्दुर सजाएर सिउदोमा
हामी दुईको एउटै घर हुँदा कस्तो होला

ढुङ्गालाई माटोको भर माटोलाई ढुङ्गा
मेरो लागि तिम्रो भर हुँदा कस्तो होला

पर धेरै पर तिमी चाँदनी झैं धेरै पर
चाँदनी त्यो मेरो वर हुँदा कस्तो होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *