नागबेली चुल्ठो तिम्रो निशाजस्तो केशराशी
मृगका झैँ आँखा तिम्रा दारिमजस्ता दन्त लहर ।
तिमी मेरो काव्य हौ म तिम्रो प्यारो कवि
अविरल लेखेँ मैले, तिम्रो–मेरो प्रेम गाथा ।
बारुले त्यो कम्मर तिम्रो सबल लामा हातहरू
गीतबाट, प्रीतबाट, संगीतबाट आउँछ बरु ।
तिम्ले एकफेर हाँसी, बोली मात्र दियौ भने
संसारलाई जिती म त फेरि फर्की आउनेछु ।
हिसी तिम्रो गालाबाट तप्प–तप्प चुहेको छ
आँसु भन्छन् दुनियाँ नै मलाई मह भएको छ ।
एकान्तमा सोची बस्दा जोडी ढुकुर याद आउँछ
आज हो कि भोलि हो कि सम्झना यो बौरी आउँछ ।
पेशल आचार्य
रचनाः २०६५ पुस २८)