Skip to content

मेची क्याम्पस भद्रपुरकाे सूचना

मेची बहुमुखी क्याम्पस भद्रपुर
स्वर्ण महोत्सव वर्ष
२०७०–२०७१
का कार्यक्रमहरु
२०७० असोज १२ गतेदेखि ०७१ असोज १२ गतेसम्मको एक वर्से अवधि मेची बहुमुखी क्याम्पस भद्रपुरको स्थापनाको पचास वर्षको अवधि भएकोले यस अवधिभित्र क्याम्पसले ५०१ जना महानुभावहरुको एक मूल समारोह समिति गठन गरी विभिन्न कार्यक्रमहरुका साथ भव्य रुपले स्वर्णवर्ष महोत्सव मनाइरहेको छ । आयोजित र आजोजना हुन लागिरहेका कार्यक्रमरुको विवरण ः
१. निर्माण सम्बन्धी ः –
(क) स्वर्णमहोत्सव स्तम्भ (क्याम्पस परिसरभित्रै निर्माणाधीन)
(ख) सहिद राम थापा उद्यान (क्याम्पस परिसरभित्रै निर्माणाधीन)
(ग) सरस्वती मन्दिर (पुस्तकायभवनको दायाँ भागमा निर्माणाधीन)
(घ) विज्ञान तथा प्रविधि प्रतिष्ठानको प्राङ्गणमा वनस्पति उद्यान (क्याम्पस परिसरभित्रै निर्माणाधीन)
२. प्रकाशन ः –
(क) स्वर्ण महोत्सव स्मारिका प्रकाशन (सम्पादन कार्य जारी)
(ख) ‘अध्ययन’ नामक अनुसन्धानात्मक जर्नल (सम्पादन कार्य जारी)
३. खेलकुद प्रतियोगिता ः –
(क) झापा जिल्लास्तरीय– अन्तर क्याम्पस प्रतियोगिता
(अ) क्रिकेट प्रतियोगिता – (सम्पन्न)
(आ) भलिबल प्रतियोगिता – (सम्पन्न)
(इ) हाजिर जवाफ प्रतियोगिता – (सम्पन्न)
(ई) वक्तृत्वकला प्रतियोगिता – (सम्पन्न)
(ख) अन्तर क्याम्पस निबन्ध प्रतियोगिता – (भाद्र ८ गते)
(ग) प्राज्ञिक गोष्ठी (२ कार्यपत्रहरु प्रस्तुत हुने) (भाद्र ८ गते)
(घ) जिल्ला स्तरीय प्रतियोगितात्मक कवि गोष्ठी (मोती जयन्तीको सन्दर्भ – २०७१ भाद्र ९)
४. समापन (मूल) कार्यक्रम (असोज २, ३ र ४) को विवरण ः
(क)उद्घाटन कार्यक्रम
(ख) प्रतिवेदन प्रस्तुति
(ग) सम्मानकार्यक्रम, पुरस्कार वितरण
(घ) सांस्कृतिक कार्यक्रम
(ङ) विविध
माथि उल्लेख गरिएका कार्यक्रमहरुका साथ मेची बहुमुखी क्याम्पस भद्रपुर झापाले आफ्नो स्थापनाको स्वर्ण वर्षका कार्यक्रमहरु भव्यताका साथ मनाइरहेको छ । यस सन्दर्भमा मेची क्याम्पस प्राङ्णमा आश्विन २, ३ र ४ गते हुन लागिरहेको समापन कार्यक्रममा यहाँबाट उच्च शिक्षा हासिल गरी देश विदेशमा पुग्नु भएका सम्पूर्ण विद्यार्थीहरु, यस क्याम्पसमा कुनै न कुनै कालखण्डमा कार्यरत रही क्याम्पस बाहिर स्वदेश वा विदेशमा रहनु हुने पूर्व–प्राध्यापकज्यूहरु, निवृत्त प्राध्यापकज्यूहरु, निवृत्त कर्मचारीजयूहरु तथा क्याम्पसका शुभेच्छुक एवंम् शुभचिन्तकहरुमा हार्दिक आमन्त्रण गर्दछ । साथै आदरणीय दानवीरहरुकै योगदानले उत्कृष्ट अवस्थामा आइपुगेको यस क्याम्पसको उक्त कार्यक्रमलाई सफल पार्न आर्थिक रुपले समेत सफल पार्ने अझ पनि सहयोगको अपिल गरिएको छ ।

सहयोग गर्न इच्छुक महानुभावहरुलाई
तल उल्लेखित खाता नं. मा सहयोग
उपलब्ध गरिदिनु हुन पनि अनुरोध छ ।
स्वर्ण महोत्सव खाता
ने.बैं. लि. चल्ति ००५०००१८९००१
भद्रपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *