Skip to content

कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ

  • by


कस्ले लायो साँद आज, भुत्ते पनि छुरा भएछ
कस्को आड पायो कुन्नि लुते पनि सुरा भएछ

खरिद बिक्रीको पसलमा के के मिल्थ्यो कुन्नि
सपना बेच्नेको उधोगधन्दा पनि पुरा भएछ

माया हो कि दया, सदभाब भनेर जताउँथे
आर्का मुटु के भर थ्यो र,फेरी टुहुरा भएछ

बल्ल बल्ल लाँको बाली हात मुख जोर्न पनि
खडेरिमै चर्को घाम, आशा जति झुरा भएछ

ढोगी जोगी कस्ले चिन्यो, गेरु बस्त्र अस्त्र थियो
दर्शन बाँडे भनी सुन्थेँ, बुद्ध पुर्ने कुरा भएछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *