Skip to content

पूर्वाञ्चल विकास क्षेत्रभित्र पर्ने जिल्लाहरूको नाम कसरी रहन गयो ?

वि.सं. २०१८ वैशाख १ गते नेपालमा १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको हो । नेपाललाई समानुपातिक विकास गराउने उद्देश्यले २०२९ सालमा ४ विकास क्षेत्रमा र पछि २०३७ सालमा सेती र महाकालीलाई सुदूरपश्चिमाञ्चल बनाई ५ विकास क्षेत्रमा विभाजन गरिएको हो । आज यस लेख मार्फत् पूर्वाञ्चल विकास क्षेत्रभित्र समाहित १५ जिल्लाहरूको नामाकरण के कसरी भयो भन्ने बारेमा जानकारी गराउँदैछु ।

१. झापा : स्थानिय राजवंशी भाषामा ‘झाप’ को अर्थ ‘ढकनी’ वा ‘विर्को’ हुन्छ । शताब्दियौदेखि बनजंगलले ढाकिएको ठाउँ हुनाले ‘झापा’ नाम रहन गएको बुझिन्छ ।
एकअर्को भनाई अनुसार पहिले छोटी हुलाक स्थापना गरिएको हुँदा यस इलाकाको सदरमुकाम हुन गएको झापा गाउँको आधारमा नै जिल्लाको नाम पनि झापा रहन गयो । यस जिल्लाको क्षेत्रफल १६०६ वर्ग कि.मी. रहेको छ भने ८,१२,६५०जनसंख्या रहेको छ ।

२. पाँचथर : पहिले दश लिम्बुवान भनिने यस क्षेत्रका राजाहरू फिदिममा रहेको ‘अम्बे पोजोम’ भन्ने तीर्थस्थलमा जम्मा भई महत्वपूर्ण विषयहरू ‘चुमलुङ्’ (संयुक्त सभा) द्वारा निर्णय गर्ने परम्परा थियो भने सो सभामा विशेष ५ जना विभिन्न जातका व्यक्तिहरूले निर्णय गर्ने भएको हुनाले ‘पाँच थर’ बाट सो जिल्लाको नाम पाँचथर रहन गएको हो । १२४१ वर्ग कि.मी. क्षेत्रफलमा विस्तारित यस जिल्लामा १,९१,८१७जनसंख्या रहेको छ ।

३. इलाम : इतिहासविद् ईमानसिंह चेमजोङ्को भनाइअनुसार– पर्सिका मानिसहरू आफ्नो देशलाई ‘इलाम’ भन्दथे र त्यहाँका केही मानिसहरू लडाइँमा हारेर भागेर यस ठाउँमा आइपुगे र यहाँको जंगल फडानी गरी बस्ती बसोल । आफ्नो पुरानो देशको संझनामा उनीहरूले यसलाई ‘इलाम’ र आफुलाई ‘इलाम्भू’ भन्ने गरे । लिम्बुहरू इलामका आदिवासी लाप्चाहरूलाई ‘इमेम्पा’ भन्दछन् ।
अर्को कथनअनुसार लिम्बु भाषामा ‘इ’ भनेको घुमाउरो र ‘लाम’ भनेको ‘बाटो’ हुन्छ । यस जिल्लाको भू–भागमा धेरै घुमाउरा बाटाहरू भएको हुँदा ‘इलाम’ भन्ने नाम रहन गएको देखिन्छ । यस जिल्लाको क्षेत्रफल १७०३ वर्ग कि. मी. रहेको छ भने २,९०,२५४जनसंख्या रहेको छ ।

४. ताप्लेजुङ् : तिब्बती भाषामा ‘ताप्ले’ को अर्थ ‘राजाको’ र ‘जोड्ड’ को अर्थ ‘किल्ला’ वा ‘गढ’ भन्ने हुन्छ । राजाको किल्ला रहेको ठाउँ हुनाले ‘ताप्लेजुड्ड’ नाम रहन गएको हो । यसैबाट जिल्लाको नाम पनि ताप्लेजुड्ड रहन गएको हो । यस जिल्लामा १,२७,४६१जनसंख्या रहेको छ भने ३६४६ वर्ग कि. मी. क्षेत्रफलमा ओगटिएको छ ।

५. मोरङ् : ‘मोर’ भन्ने किराँती राजाको ‘अड्ड’ अर्थात् ‘प्रदेश’ हुनाले ‘मोरड्ड’ भनिएको हो । अर्को भनाइअनुसार– सतार भाषामा ‘मराङ्’ माने ‘विराट’ हो । सम्भवत्ः महाभारतकालीन विराट राजाको राजधानी रहेको ठाउँ हुनाले ‘मराङ्’ भनिएको र त्यसैबाट अपभ्रंस भई ‘मोरङ्’ नाउँ रहन गएको हो भने यसै ठाउँको नामबाट जिल्लाको नाम ‘मोरङ्’ रहन गएको मानिन्छ । यस जिल्लाको क्षेत्रफल १७५५ वर्ग कि. मी. रहेको छ भने ९,६५,३७०जनसंख्या रहेको छ ।

६. धनकुटा : उत्तरतिर रहेका डाँडाका थुम्काहरू ढिकीका खामा जस्ता देखिने र कागते पोखरी चाहिँ धान कुट्ने ओखल जस्तो लाग्ने हुँदा ठाउँको नाम नै ‘धानकुटा’ रहन गएको र त्यसैको अपभ्रंश भई धनकुटा भएको हो भने जिल्लाको नामाकरण पनि यसैबाट भएको मानिन्छ ।यस जिल्लाको कूल क्षेत्रफल ८९१ वर्ग कि. मी. रहेको छ भने १,६३,४१२जनसंख्या रहेका छन् ।

७. भोजपुर : पृथ्वीनारायण शाहले माझ किराँतमा विजय प्राप्त गरेपछि ठूलो भोज लगाएको ठाउँ हुनाले भोजपुर नाम रहन गएको हो भने अर्को कथनअनुसार भोजपुर बजारको सिरानमा सिद्धकालीको प्रसिद्ध मन्दिर छ । यस देवीलाई ‘भोजपुरको रक्षा बाहिनीको रुपमा पुजिन्छ । यसै भोजपुर स्थानको नामबाट जिल्लाको नाम भोजपुर रहन गएको हो । यस जिल्लाको क्षेत्रफल १५०७ वर्ग कि.मी. रहेको छ भने कूल जनसंख्या १,८२,४५९रहेको छ ।

८. सुनसरी : बालुवामा सुनका कण पाइने नदी हुनाले संस्कृतमा ‘स्वर्णसरिता’ मानिएको र त्यसैको अपभ्रंश भई ‘सुनसरी’ नाम हुन गएको हो । महाभारतबाट झरेर दक्षिणतिर बग्ने सुनसरी नदीको आधारमा पूर्वमा बूढी नदी, उत्तरमा धनकुटा, भोजपुरको महाभारत पर्वत, पश्चिममा सप्तरी र दक्षिणमा पूर्णिया (भारत) को बीचको भू–भागलाई ‘सुनसरी’ जिल्ला भनिन्छ । यसको कूल क्षेत्रफल १२५७ वर्ग कि. मी. रहेको छ भने ७,६३,४८७जनसंख्या रहेको छ ।

९. तेह्रथुम : लिम्बुवान प्रदेशका जम्मा १७ थुम अर्थात् इलाकाहरू मध्ये १३ थुम अलग्याई वि. सं. १९५२ मा त्यस क्षेत्रको जग्गाको तिरो उठाउन एउटा अलग माल अड्डा खडा गरिएको इलाका हुनाले जिल्लाको नाम समेत ‘तेह्रथुम’ रहन गएको हो । यस जिल्लाको क्षेत्रफल ६७९ वर्ग कि. मी. रहेको छ भने १,०१,५७७जनसंख्या रहेको छ ।

१०. संखुवासभा : कोशी नदीको जलाधार क्षेत्रभित्र रहेका पाँच थुमहरू मध्ये संखुवा नामक थुममा बग्ने नदी हुनाले ‘संखुवा’ नाम रहेको हो भने संखुवा र सभा नामका नदीहरूको नामबाट जिल्लाको नाम ‘संखुवासभा’ राखिएको हो । यस जिल्लाको कूल क्षेत्रफल ३४८६.१६ वर्ग कि. मी. रहेको छ भने १,५८,७४२जनसंख्या रहेको छ ।

११. सप्तरी : संस्कृत भाषामा ‘सप्त’ भनेको ‘सात’ र ‘अरि’ भनेको ‘शत्रु’ हुन्छ । बेला बेलामा बाढी ल्याएर धेरै दुःख दिने गरेको सातवटा शत्रुरुपी सप्तकोशी नदीहरू बग्ने क्षेत्र हुनाले ‘सप्तअरि’ वा ‘सप्तरी’ भनिएको र त्यसैको आधारमा जिल्लाको नाम नै ‘सप्तरी’ रहन गएको हो । १३६३ क्षेत्रफल वर्ग कि. मी. मा फैलिएको यस जिल्लाको कूल जनसंख्या ६,४९,२८४रहेको छ ।

१२. उदयपुर : कुनै समयमा ‘उदय’ नाम गरेका राजा बस्ने ठाउँ भएको हुनाले उदयपुर नाम रहन गयो । यहाँ एउटा गढी पनि रहेको छ, जहाँ ‘उदय’ नामका राज घोडा चढीहरू लिएर हरेक वर्ष दशैंमा गढीमा जाने गरिन्छ । ‘‘अझै पनि सो उदय राजा घोडाचढीहरू लिई उदयपुर गढीमा हरेक वर्ष दशैंमा एकदिन आउने गर्छन् भन्ने जनविश्वास रहिआएको छ । सोही उदयपुर गढीको नामबाट जिल्लाको नाम ‘उदयपुर’ रहन गएको मानिन्छ । यो जिल्लाको कूल क्षेत्रफल २०६३ वर्ग कि. मी. र ३,१७,५३२जनसंख्या रहेको छ ।

१३. खोटाङ् : खोटे भन्ने किराँती राजाद्वारा शासित प्रदेश भएकोले ‘खोटाङ्’ नाम रहन गएको हो । सगरमाथा अञ्चलको यस जिल्लाको नाम पनि यसैको आधारमा रहन गएको विश्वास गरिन्छ । यस जिल्लाको कूल क्षेत्रफल १५९१ वर्ग कि. मी. रहेको छ भने २,०६,३१२जनसंख्या रहेको छ ।

१४. सिरहा : कुनै समयमा ‘सलेष’ भन्ने राजाले स्थापना गरेको सारस्वरनाथ भनिने महादेवको मन्दिर स्थापना गरिएको स्थानलाई ‘सिर–सा’ भनिन्थ्यो पछि अपभ्रंस भएर सिरहा भनियो, सोही ठाउँको नामबाट जिल्लाको नाम नै सिरहा रहन गएको हो । यो जिल्लाको कूल क्षेत्रफल ११८८ वर्ग कि. मी. र ६,३७,३२८जनसंख्या रहेको छ ।

१५. ओखलढुङ्गा : बीचमा ओखलजस्तो खोपिल्टो परेको अन्दाजी ६ वर्ग फीटको एउटा ढुड्डा र त्यसभन्दा बीस गज दक्षिण पश्चिममा ढुङ्गाकै एक मुसल पनि रहेको ठाउँ हुनाले ‘ओखलढुङ्गा’ भनिन्छ । बूढापाकाहरूको भनाइअनुसार– भीम मल्ल (भीमल काजी) को फौजले किराँतहरूलाई धपाएपछि लुटेर ल्याएको धान एउटा खोपिल्टा परेको ढुङगामा कुटेर खाएको ठाउँ हुनाले ढुङगाको ओखलबाट यस ठाउँको नाउँ ‘ओखलढुङगा’ रहन गयो । यसैको नामबाट बजारको नाम र जिल्लाको नाम पनि ‘ओखलढुङगा’ रहन गएको हो । यसको क्षेत्रफल १०७४ वर्ग कि. मी. र १,४७,९८४जनसंख्या रहेका छन् ।

१७. सोलुखुम्बु : शेर्पाभाषामा ‘स्यार’ को अर्थ ‘पूर्व’, ‘खुम्’ को अर्थ पवित्र, र ‘बु’ को अर्थ ‘भूमि’ हुन्छ । पूर्वतिर अवस्थित पवित्र भूमि भन्ने अर्थमा ‘स्यारखुम्बु’ भन्ने नाउँ रहन गएको र त्यसैको अपभ्रंस भई ‘सोलुखुम्बु’ हुन गएको हो । शेर्पाहरू पहिले सोलु नदीको तिरमा बस्थे पछि उनीहरू खुम्बु हिमनदीकोतिरमा पनि बस्न लागे र यी दुई सोलु नदी र खुम्बु हिमनदीको नाउँबाट जिल्लाको नाउँ ‘सोलुखुम्बु’ रहन गएको हो । यसको क्षेत्रफल १००२ वर्ग कि. मी. र जनसंख्या १,०५८८६रहेको छ ।

[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *